काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ ।

समितिको बिहीबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा दिएको हो । एनसेलले करिव ३५ अर्ब पूँजीगत लाभकर सरकारलाई बुझाउन बाँकी छ ।

Advertisement

समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको सम्पूर्ण विवरण समितिमा बुझाउन पनि सरकारलाई निर्देशन दिएका छन् । साथै समितिले एनसेलको कर निर्धारण गर्ने निकाय, कर निर्धारण गर्नुपर्ने समय, निर्धारण गरेको कर असुल नगर्ने व्यक्तिको विवरण पनि मागेको छ ।

समितिले सार्वजनिक खर्चमा मितव्ययिता, कार्यदक्षता र पारदर्शीता अपनाई पुँजीगत खर्च बढाउन पनि सरकारलाई पुनः निर्देशन दिएको छ ।

बैठकमा आन्तरिक राजस्व विभागका सचिव शिशिरकुमार ढुंगानाले आयकर ऐनको व्यवस्था अनुसार कर असुलीको काम भइरहेको बताए । कानुनी प्रक्रिया अनुसार अघि बढ्दा कर असुलीमा ढिलाई भएपनि अब काममा गति दिने उनले बताए ।

बैठकमा समितिमा सदस्यहरुले भने कर असुली नगर्ने अधिकारीहरुको विवरण समितिमा पेश गर्न सरकारसँग माग गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले कर असुली गर्न सम्बन्धित निकायका पदाधिकारीहरुलाई जिम्मेवारी बनाउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!