महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट
धनकुटा, १४ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आयोजित नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
अधिवेशनमा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । बजेटमा चालु खर्च तर्फ २० करोड ५२ लाख ८१ ...






