साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने
काठमाडौँ, २२ फागुन । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३/७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२/७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो ।
कर्...































