भोजपुर, २४ फागुन। भोजपुरमा लेखापाल नहुँदा  त्यँहाका भुकम्पपीडितले राहात पाएका छैनन् । जिल्ला समन्वय समितिमा लेखापाल नहुँदा भूकम्पपीडितको रकम ३ महीनादेखि रोकिएको हो ।

लेखापाल नहुँदा भूकम्पपीडितको पहिलो किस्ताकै अनुदान रकम वितरण कार्य प्रभावित बनेको छ। समितिमा कार्यरत लेखापाल तथा लेखा अधिकृत अन्यत्र सरुवा भएपछि काम गर्न समस्या भएको हो । एक जना लेखापाल भदौमा र लेखा अधिकृतको पुसमा सरुवा भएको थियो ।

Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले एक जना लेखापालको व्यवस्था गरी पठाए पनि ती लेखापालले समितिमा काम गर्न नसक्ने भन्दै फर्किएको भूकम्पीय निजी आवास पुनर्निर्माण आयोजनाका स्रोतव्यक्ति धनकुमार राईले बताए ।

जिल्लामा हालसम्म ५ हजार ७ सय ४९ घर पूर्ण क्षति भएको विवरणमध्ये ५ हजार १ सय घरपरिवारलाई मात्र पहिलो किस्ताको रकम वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!