- संगालोखबर सम्वाददाता

धनकुटा, २५ फागुन । धनकुटामा जारी प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवमा छैठौ दिनसम्म एक करोड वरावरको आर्थिक कारोवार भएको छ । यो अवधिमा करिव ५० हजार आन्तरीक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा साँझ बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिमा दर्शकको बढी आकर्षण पाईएको प्रचार समिति संयोजक बिजय सन्तोषी राईले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

कृषिजन्य एवं जुडिवुटि, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला, जातिय संस्कृति झल्कने वस्तु प्रदर्शनीको आकर्षणका रुपमा छन् ।एकिकृत व्यापार रणनीति (एनटीआइएस) मा समावेश कृषि उपज एवं स्थानीय उद्योगबाट उत्पादित वस्तु प्रर्दशनीमा राखिएका छन् ।

महोत्सवमा जातिय संस्कृती अनुसार खाद्यन्नका परिकारसहित एक सय ५६ ओटा स्टल छन् । धनकुटा उद्योग बाणिज्य सघंको आयोजनामा गत आइतबारबाट सुरु भएको महोत्सव आगामी बुधबारसम्म चल्दैछ ।

११ दिनसम्म चल्ने महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड भन्दा वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक समिति संयोजक उमेश घिमिरेले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!