काठमाडौं, २३ फागुन।  सरकारले चालु अर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थमन्त्रालयले बुधबार मध्यावधि समिक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत रहेको जनाएको हो।

Advertisement

चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान रहे पनि त्यसमा संशोधन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताए।

चालु वर्षको अन्त्यसम्ममा जन्मा १० खर्व ८२ अर्ब ९९ करोड खर्चको अनुमान गरिएकोछ। कुल खर्चमध्ये चालु तर्फ ७ खर्व ३८ अर्व ९४ करोड, पूँजीगततर्फ २ खर्व ३४ अर्व ६२ करोड र वित्तिय व्यवस्थापनतर्फ १ खर्व ९ अर्व ४२ करोड खर्च हुने अनुमान गरिएको छ। यो कुल बजेटको क्रमश ९१.९६ प्रतिशत, ७० प्रतिशत र ७८ प्रतिशत हो।

यस्तै नेपाल सरको स्रोत तर्फ ९९ प्रतिश अर्थात ९ खर्व ८२ अर्व ८६ करोड ३० लाख ८० हजार खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको छ। वैदेशिक अनुदानतर्फ ३४.९४ प्रतिशत अर्थात २५ अर्व २१ करोड २६ लाख १८ हजार र वैदेशिक ऋणतर्फ ३५ प्रतिशत अर्थात ७४ अर्व ९१ करोड २४ लाख खर्च हुने अनुमान छ।

वैदेशिक सहायताको रकम ज्यादै कम खर्च हुने मन्त्रालयले उल्लेख गरेको छ। सहायता अन्तर्गत करिब ३५ प्रतिशतमात्र हुने अवस्था रहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!