चितवन, २५ फागुन । चितवन र नवलपुरका उद्योगहरुको सुरक्षा र औधोगिक वातावरणका लागी सुरक्षा स्टीकर टाँस्न सुरु गरिएको छ । चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसंगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान सुरु गरेको हो ।

Advertisement

विहिवार रत्ननगरवाट सुरु भएको अभियान अन्तर्गत आज (शुक्रवार) भरतपुर महानगरपालिकाका विभिन्न उद्योगहरुमा स्टीकर टाँसिएको छ । शुक्रवार एक कार्यक्रमका विच भरतपुर महानगपालिकाकी मेयर रेनु दाहालले वोटलर्स नेपाल तराई लिमिटेड भरतपुरको उद्योगमा स्टीकर टाँसेर महानगरका उद्योगमा स्टीकर टाँस्ने अभियानको सुभारम्भ गरेकी छन् ।

 सुभारम्भ कार्यक्रममा वोल्दै दाहालले महानगरभित्र निर्वाद रुपमा उद्योग धन्दा संचालन गर्ने वातावरण निर्माण गरिने बताइन् । बन्द,हड्ताल र आन्दोलनका कारण निर्वाद रुपमा संचालन हुन नसकेका कारण उद्योग,कलकारखान फस्टाउन नसकेको उनको भनाई छ । उद्योग संघको यो अभियानले उद्योग कलकारखाना सुरक्षित छन् भन्ने सन्देश प्रवाह गरेको उनले वताइन् । “मेयर दाहालले भनिन्,देशकै केन्द्रको रुपमा रहेको चितवन सबै खालको सम्भावनाको केन्द्र हो,भोलीका दिनमा चितवन औधोगिक राजधानीको रुपमा विकास हुनेछ ।”

यस्तै ,सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख सुवर्ण थापाले राज्यले उद्योग कलकारखानाको सुरक्षाको जिम्मा दिएकाले त्यो जिम्वेवार पुरा गर्न तयार रहेको वताए । उनले जनशक्तीको अभाव रहेको र थपिने क्रम पनि जारी रहेका कारण आगमी दिनमा सुरक्षा व्यवस्था अझै चुस्त परिने प्रतिवद्धता जनाए ।

पहिलो चरण अन्र्तगत चितवन र नवलपुरका करिव ५ सय ठूला उद्योगहरुमा स्टीकर टाँसिने उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । ठूला उद्योगमा स्टीकर टाँसेपछि साना–ठूला सबै उद्योग तथा कारखानामा स्टीकर टास्ने योजना रहेको उनले बताए । विहिवार मात्रै पूर्वी चितवनका ३० ठूला उद्योगमा स्टीकर टाँसीएको उनले जानकारी दिए ।

सेवा,सुरक्षा सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल नारा दिइएको स्टीकरमा विभिन्न क्षेत्रका सशस्त्र प्रहरी वलको फोन नम्वर राखिएको छ । विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटार,सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भण्डारा,सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, ,सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी,औधोगिक सुरक्षा वेस दलदले,सुरक्षा वेस मुकुन्दपुरको फोन नम्वर स्टीकरमा उल्लेख गरिएको छ । औधोगिक विकासका लागि चितवन उद्योग संघले तिन महत्वपूर्ण योजना औधोगिक प्रर्दशनी केन्द्र,औधोगिक क्षेत्र र औधोगिक शिक्षालय निर्माण कार्य तिव्रताका साथ अघि वढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!