ईश्वर थापा/संगालोखबर

धनकुटा, १ चैत्र । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सवमा तीन करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ ।

“कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत प्रदेश न.१ को आर्थिक विकासको आधार” भन्ने मूल नारासहित फागुन २० देखि ३० गतेसम्म महोत्सव आयोजना गरिएको हो । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा ११ दिनसम्म सञ्चालित महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समिति संयोजक उमेश घिमिरेले जानकारी दिए । महोत्सवले प्रदेश १ का उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको घिमिरेको भनाई छ ।

Advertisement

महोत्सवमा राखिएका स्थानीय उत्पादन र आयातीत वस्तुका स्टलमा समेत राम्रो व्यापार भएकाले व्यापारिक दृष्टिकोणले पनि महोतसव सफल भएको मानिने आयोजकको दावी छ । महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका सामाग्री राखिएको स्टलहरुमा दर्शकहरुको घुईचो लाग्ने गरेको थियो ।

कृषिजन्य वस्तुहरु, चिया, अलैची, मह, च्याउ लगायतको व्यापार निकै राम्रो भएको महोत्सव प्रचार समिति संयोजक विजय सन्तोषी राईले बताएका छन् । अल्लोको सामाग्री पनि महोत्सवको आकर्षण बनेको थियो । महोत्सवमा प्रदर्शनीस्थल र फुड स्टल गरी १ सय ५६ वटा स्टल थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!