काठमाडौं, ४ चैत। तरकारी बालीपछि बीमा समितिले घाँसेबाली बीमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बीमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बीमालेख जारी हुनेछ ।

यस्तो बीमालेखअनुसार बीमा अवधिभित्र घाँसेबालीमा भएको हानी–नोक्सानीको उत्पादन मूल्यका आधारमा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्नेछ । समितिका अनुसार बीमा शुल्क बिमांक रकमको ७ प्रतिशत मात्रै लाग्नेछ । जसमा कृषकले ७५ प्रतिशत अनुदानसमेत पाउनेछन् ।

Advertisement

बीमांक रकम गणना प्रतिहेक्टरमा उब्जनी हुने बालीको परिमाण र प्रतिटनको वास्तविक मूल्यका आधारमा गरिनेछ । उब्जनी परिमाण राष्ट्रिय चरन तथा पशु आहार केन्द्र वा नेपाल कृषि अनुसन्धान परिषद्ले उपलब्ध गराएको बालीको अघिल्लो वर्षको राष्ट्रिय औषत उत्पादकत्वलाई आधार मानेर तयार गरिने नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!