- ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ चैत । धनकुटाको हिले बजारमा यहि चैत ११ गतेदेखि खाना महोत्सव हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रामनवमीको अवसर पारेर चैत ११ देखि १५ गतेसम्म फुड फेष्टिबल अर्थात खाना महोत्सव गर्न लागिएको हो ।

पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसन धनकुटाको संयुक्त आयोजनामा फुड फेष्टिबल गर्न लागिएको संयोजक खगेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार अर्गानिक स्थानीय खानाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन, मौलिक तथा साँस्कृतिक भेषभुषा र रितिरिवाजको जर्गेना गर्न फेस्टिबल आयोजना गरिएको हो ।

Advertisement

२५ हजार पर्यटक भित्र्याउने लक्ष राखिएको महोत्सवमा करिव १८ लाख वरावरको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ । फेष्टिवलमा ३० देखि ४० वटा स्थानीय खानाको स्टल राखिने छ । स्थानीय कला, संस्कृतिको प्रदर्शन, विभिन्न जातजातिहरुको झाँकी प्रर्दशन, कोसेलीघरको निर्माण गरी स्थानीय उत्पादनको प्रचार प्रसारमा सहयोग पु¥याउने स्टलहरु रहेनछन् ।

फुड फेस्टिबलका लागि ११ लाख भन्दा बढी खर्च लाग्ने आयोजकको अनुमान छ । पर्यटकलाई थप मनोरञ्जनका लागि फेस्टिवलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!