केराबारीमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन हवाई फायर, धनकुटाका दुई जना पक्राउ
विराटनगर । मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलबाट प्रहरीले गोली चलाएर गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार राति ११ बजे हवाई फायर गरेर गाँजा बोकेको एम्बुलेससहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका-२ का २० वर्षीय खगेन्द्र लिम्बू छन् ।
धनकुटाबाट ...































