भोजपुरमा थपिए दुई हजार बढी मतदाता
भोजपुर । भोजपुरमा आगामी निर्वाचन लागि २ हजार ३ सय ८७ नयाँ मतदाता थपिएका छन् । योसँगै कुल मतदाताको सङ्ख्या एक लाख २५ हजार ७ सय ६६ पुगेको छ ।
यसअघि भोजपुरमा एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो ।
निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुर...































