पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, धनकुटा लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले हल्लाएपछि कतिपय मानिसहरू घरबाहिर निस्किएका छन् । भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस
निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

विराटनगर । गाउँपालिका अध्यक्षमा निर्वाचित भएको एक महिना नबित्दै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी विवादमा मुछिएका छन् । गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माओवादी नेता माझी अवैध माटो उत्खनन गर्नेलाई संरक्षण गर्न लागिपरेको भन्दै आलोचित भइरहेका छन् । अवैधानिक रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्र...
इटहरीमा राजावादीका नाममा बम आतङ्क

इटहरीमा राजावादीका नाममा बम आतङ्क

सुनसरी । सुनसरीको इटहरीमा राजावादीको नाममा आज बम आतङ्क मच्चाइएको छ । इटहरी उपमहानगरपालिका कार्यालय, भोटेपुल र वुढी खोला पुलमा बम राखेको भनेर आतङ्क मच्चाइएको हो । विभिन्न ठाउँमा बम राखेको भन्दै प्रहरी कार्यालयको नम्बरमा म्यासेज आएको थियो । सोही बमोजिम इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी र...
हटियामा किनमेल गर्नेको घुँइचो

हटियामा किनमेल गर्नेको घुँइचो

विराटनगरको महेन्द्र चोक छेउमा लागेको हटियामा किनमेल गर्नेको भीड । हटियामा सस्तो पाइने विश्वासका कारण ग्राहकको घुँइचो लाग्ने गरेको छ । तस्वीरः गोमा ढुंगाना/संगालोखबर
छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

धनकुटा । २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले भोलि बुधबार पालिका क्षेत्रमा स्थानीय बिदा दिएको छ । सहिदहरूको सम्मानमा हरेक वर्ष बिदा दिँदै आएको गाउँपालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा गत कात्तिक १३ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रश...
२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आज कोशी प्रदेशको राजधानी विराटनगरमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरिदैछ । होटल स्टन स्टारमा बिहान ११ बजे हुने कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए । पर्यटन वर्ष घोषणापछि मुख्यगरी ...
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

विराटनगर । प्रदेश सरकारसमक्ष विभिन्न माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज राती अनसन तोडेका छन् । अनशनरत पक्ष र सरकारका प्रतिनिधिबीच सहमति जुटेपछि कार्कीले नवजात शिशुको हातबाट जुस पिएर राती करिब ९ः३० बजे अनशन तोडेका हुन् । कार्कीलाई जुस खुवाउन विराटनगर-६ की निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरलाई देवकोटा चोकस्थित अनशनस्थल ल्याइएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा का...
अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

विराटनगर । देशभरका सरकारी अस्पतालका ओपीडी अब सार्वजनिक बिदाको दिन पनि खुला हुने भएका छन् । शनिवार बाहेक धेरैजसो सार्वजनिक बिदामा ओपीडी खुला गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई मङ्गलबार निर्देशन दिएको हो । त्यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाको दिन पनि सबै प्रकारका सेवा सुचारु गर्न/गराउँन भनेर स्वास्थ्य मन्त्रालयलाई निर्देशन ...
नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

धनकुटा । धनकुटा जिल्ला अस्पतालको प्रशासनिक भवन नजिक अर्को ‘भव्य’ भवन बन्दैछ । ४० करोड खर्च गरेर बनाइदै गरेको पाँच तले भवन जिल्ला अस्पतालकै हो । कृषि ज्ञान केन्द्रको २५ रोपनी जग्गालाई जिल्ला अस्पताल मातहत ल्याएर धमाधम अस्पताल भवन निर्माण भइरहेको छ । १५ शय्याको धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको योजना अनुसार अस्पताल स्तरोन्नतिको प्रकृया अघि बढेको हो । झापाको...
भीमनारायण गोल्डकप निःशुल्क हेर्न पाइने

भीमनारायण गोल्डकप निःशुल्क हेर्न पाइने

धनकुटा । धनकुटामा आइतबार (भोलि) बाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाइने भएको छ । धनकुटा नगरपालिकाले प्रवेश शुल्क बेहोरेर दर्शकहरूलाई निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था मिलाएको हो । यसअघि क्वार्टरफाइनलको प्रति खेल ५० रुपैयाँ तथा सेमिफाइनल र फाइनलको खेल हेर्न १०० रुपैयाँका दरले प्रवेश शुल्क लिने गरिएको थियो । नगर प्रमुख चिन्तन तामाङले दर्शकबाट प्रवेश शुल्क नलि...
लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान

लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान

धनकुटा । श्रीमानले साथ छोडेपनि आफुले दुःख गरेर हुर्काएको एक्लो छोरा १४ औं बर्ष प्रवेश गरेको दिन शनिवार धनकुटाकी रुपकला राई निकै उत्साहित थिइन् । तर, उनको त्यो उत्साह लामो समय टिकेन । साथीहरूसँग आफ्नो जन्मदिन मनाउँन गएका छोरा उदय घर फर्किएनन् । जन्म दिनमै उनी कहिल्यै नफर्किने गरी बिदा भए । उदयसँगै उनका साथी स्वर्णिम राईले पनि ज्यान गुमाए । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको ...
सरकारले सुनेन विराटनगर विमानस्थल पीडितको माग

सरकारले सुनेन विराटनगर विमानस्थल पीडितको माग

विराटनगर । विराटनगर विमानस्थल पीडितले उठाएको माग सम्बोधनका लागि सरकारले वेवास्ता गरेको छ । सरकारले रोक्का गरेको आफ्नो जग्गाको मुआब्जाका लागि १४ महिनासम्म कुरेका स्थानीयवासीले मुआब्जा नभए जग्गा फुकुवाको माग अघि सारेका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले आसपास क्षेत्रको १२६ दशमलव ४६ बिगा जग्गा रोक्का गरेको छ । ३५० परिवारको १४०० कित्ता जग्गा रोक्का छ । जसका ...
१०५ बर्षे बृद्धलाई समाजसेवाको रहर

१०५ बर्षे बृद्धलाई समाजसेवाको रहर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर काटेपनि समाजसेवा गर्ने उनको इच्छा भने अझै कटेको छैन । २०२८ सालमा व्यक्तीगत खर्चवाट गाउँमा मूर्तीमहेश्वर मन्दिर बनाएका बराल अहिले पनि बृद्धभत्ताको आधा रकम त्यही मन्दिर संरक्षणमा खर्चिदै आएका छन् । सानै उमेरदेखि सामाजिक काममा रुचि राख्...
मध्यरातमा झमकले सरकारप्रति यसरी पोखिन् आक्रोश

मध्यरातमा झमकले सरकारप्रति यसरी पोखिन् आक्रोश

धनकुटा। सरकारले निर्वाचनको मिति सारेर जनतालाई मध्य बर्खामा समस्या सृजना गराएको भन्दै बरिष्ठ साहित्यकार झमक घिमिरेले सरकारप्रति आक्रोस ब्यक्त गरेकी छन । सोमबार राति करिव १२ बजे सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै साहित्यकार घिमिरेले सरकार प्रति आक्रोस ब्यक्त गरेकी हुन । स्टाटसमा उनले लेखेकी छन ‘सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन सारेर नहुने काम गर्यो ।’ सरकारले जनताको संवेदनशिलता नबुझी मध्य ब...
error: Content is protected !!