सुनसरीमा ग्यास सिलिण्डर बिस्फोट, एक प्रहरीको मृत्यु, दश घाइते

सुनसरीमा ग्यास सिलिण्डर बिस्फोट, एक प्रहरीको मृत्यु, दश घाइते

सुनसरी । सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर बिस्फोट हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । १० जना घाइते भएका छन । सिमरिया–९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किएर प्रहरी जवान सोमराज माझीको मृत्यु भएको हो । सिलिण्डर पड्किएर गम्भिर घाइते भएका मोरङ कटहरी–२ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझीको उपचारका क...
धनकुटा बहुमुखी क्याम्पसमा विवाद चुलिदै, नेबिसंघद्धारा तालाबन्दी

धनकुटा बहुमुखी क्याम्पसमा विवाद चुलिदै, नेबिसंघद्धारा तालाबन्दी

धनकुटा । नेपाल बिद्यार्थी संघले शुक्रवार धनकुटा बहुमुखी क्याम्पसको स्वावियु निर्वाचन कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । फर्जी बिद्यार्थी छानबिन नगरेको र स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अधिकृतमा राजनीतिक पार्टी संवद्ध ब्यक्ति नियुक्त गरेको भन्दै नेबिसंघले क्याम्पसमा ताला लगाएको हो । असहज परिस्थिती सृजना भएको भन्दै स्ववियु निर्वाचन अधिकृत श्याम वाग्लेले बुधवार राजिनामा दिएका थिए । ...
धनकुटामा यस्तो छ स्ववियु निर्वाचनको माहोल (भिडियोसहित)

धनकुटामा यस्तो छ स्ववियु निर्वाचनको माहोल (भिडियोसहित)

धनकुटा । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा धनकुटामा पनि चुनावी माहोल तातिदै गएको छ । बिद्यार्थी संगठनहरु आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि दौडधुपमा छन । जिल्लामा केहि दिनयता दैनिक रुपमा बिद्यार्थी संगठनहरुले स्वबियु निर्बाचन लक्षित ¥याली, सभा, साँस्कृतिक कार्यक्रम लगायत गर्दै आएका छन । आ–आफ्नो प्यानल घोषणा गरी चुनावी माहोल बनाउँने अभियानमा जुटेका बिद्यार्थी संगठनहरुका कारण धनकु...
हेर्दा हेर्दै बक्राहा खोलाको पानीले बगरमा परिणत गर्यो मानवबस्ती : स्थानीयबासी भन्छन `अब आन्दोलन थाल्छौ´

हेर्दा हेर्दै बक्राहा खोलाको पानीले बगरमा परिणत गर्यो मानवबस्ती : स्थानीयबासी भन्छन `अब आन्दोलन थाल्छौ´

पथरी । बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा अझैं पनि बक्राहा नदी मानवबस्ती क्षेत्रमा नै बगिरहेको छ । मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत छ । नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ । भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको सीमासम्म झण्डै ५६ किलोमिटरसम्मका बासिन्दा त्रसित छन् । बक्राहा खोला नियन्त...
पत्रकार महासंघ धनकुटाद्धारा सल्लाहकार चयन

पत्रकार महासंघ धनकुटाद्धारा सल्लाहकार चयन

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको प्रथम बैठकले आठ जना सल्लाहकार चयन गरेको छ । १० औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्यसमितिको प्रथम बैठकले सल्लाहकार चयन गरेको हो । बैठकबाट सञ्जयसन्तोषी राई, गोपाल अधिकारी, बिजयसन्तोषी राई, मोहन वान्तवा, सिद्धराज राई, टंक राई, खगेन्द्रप्रसाद घिमिरे र भेषराज कटेललाई सल्लाहकार चयन गरिएको महासंघले जनाएको छ । बैठकबाट सञ्जयसन्तोषी राई, गोपाल अधिकारी, बिजयसन्त...
धनकुटामा अखिल क्रान्तिकारीद्धारा चुनावी ¥याली (भिडियोसहित)

धनकुटामा अखिल क्रान्तिकारीद्धारा चुनावी ¥याली (भिडियोसहित)

धनकुटा । आसन्न स्वबियु निर्बाचनलाई लक्षित गर्दै बिद्यार्थी संगठनहरु चुनावी अभियानमा जुटेका छन । आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि बिद्यार्थीहरु दौडधुपमा लागेका हुन । अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी, नेपाल बिद्यार्थी संघ लगायत बिद्यार्थी संगठनहरु चुनावी अभियानमा केन्द्रित छन । यसैवीच स्वाबियु निर्बाचनलाई लक्षित गर्दै अखिल क्रान्तिकारीले बुधवार धनकुटामा ¥याली प्रदर्शन गरेको छ । धनकुटा बहुम...
मजदुरको दादागिरीले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार

मजदुरको दादागिरीले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार

तरहरा/ पेट्रोलियम मजदुर र नेपाल आयल निगमका कर्मचारीको लापरवार्हीको कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुन थालेको छ । मजदुरको दादागिरी सँगै निगमको ब्यावस्थापकीय कमजोरीको कारण पूर्वमा पेट्रोलियम पदार्थको चरम अभाव हुन थालेको हो । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ना ४ ख ४१५० नम्वरको टेङ्करका सहचालक किरण लामालाई आइतबार निगमका कर्मचारी र प्रहरीले निर्घात कुटपिट भएको विरोधमा पेट्रोलियम पद...
पत्रकार महासंघ धनकुटाको अध्यक्षमा श्रेष्ठ

पत्रकार महासंघ धनकुटाको अध्यक्षमा श्रेष्ठ

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको १० औं जिल्ला अधिवेशनबाट राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवारराति सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १८ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा नगेन्द्र राई र महिला उपाध्यक्षमा शुखकला राई चयन भएका छन । त्यस्तै सचिवमा बिदुर खवास, सह–सचिवमा बलराम दाहाल, समावेशी सह–सचिवमा हरिबहादुर लम्जे...
पत्रकार महासंघ मोरङको अध्यक्षमा पोखरेल

पत्रकार महासंघ मोरङको अध्यक्षमा पोखरेल

विराटनगर, नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट अध्यक्ष पदमा बन्धु पोखरेल विजयी भएका छन् । त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष (महिला)मा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन् । दुवै जनाले समान मत ल्याएका हुन् । यस्तै,सचिवमा अर्जुन आचार्य, सहसचिव (समावेशी)मा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित हुनुभएको हो । सदस्यमा खुल्लातर्फबाट धु्रव भट्...
धनकुटामा अवैध काठसहित ट्याक्टर नियन्त्रण

धनकुटामा अवैध काठसहित ट्याक्टर नियन्त्रण

धनकुटा । धनकुटाको हिले नजिकबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चोरी निकासी गरेको अवस्थामा विहिवार राति सिसौको काठसहित ट्याक्टर नियन्त्रणमा लिएईको प्रहरीले जनाएको छ । सदरमुकामतर्फ ल्याउँदै गरेको अवस्थामा १ सय २२ थान सिसौका चिरान काठसहित को.२ त ३०९८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए । उनका अनुसार रातिको समयमा गैरकानुनी रुपमा काठ...
सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाही । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ ।  किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बे...
बेलडाँगीका दुई घर जल्दा ४० लाखको क्षति

बेलडाँगीका दुई घर जल्दा ४० लाखको क्षति

झापा । झापाको गौरादह–१ स्थित बेलडाँगी चौकका दुई घरमा आगलागी भएको छ । बेलडाँगी चौकका देवराज सुब्बाको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विहीबार राती १ बजेबाट सुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको छ । दमकल, इलका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रण गरेका हुन । आगालगीका कारण काठको २ तले घर र नजिकै रहेको पक्की घर जल्दा करिव ४० लाख बराबरको क्ष...
हराएको मोटरसाईकल प्रहरीले भेटेर फिर्ता

हराएको मोटरसाईकल प्रहरीले भेटेर फिर्ता

सुनसरी । दुई साता अघि विराटनगरबाट हराएको मोटरसाइकल सुनसरीमा फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । गत माघ २१ गते सुनसरी बबिया–८ बस्ने बेचन मेहताको को.२१ प.४८६ नम्बरको मोटरसाइकल विराटनगरस्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो । मोटरसाइकल हराएपछि मेहताले खोजीकालागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा सुनसरीको कप्तानगञ्जमा मोटरसा...
निशान सहकारीद्धारा १९ लाखको कारोवार

निशान सहकारीद्धारा १९ लाखको कारोवार

धनकुटा । निशान उद्यमी महिला बचत तथा ऋण सहकारी सस्था धनकुटाले आर्थिक बर्ष ०७२÷०७३ मा १९ लाख बरावरको आर्थिक कारोवार गरेको छ । सहकारी सस्थाको शनिवार आयोजित तेस्रो साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मिना राईले १८ लाख ८१ हजार वरावरको आर्थिक कारोवार भएको जानकारी दिएकी हुन । सहकारीले उक्त अवधिमा ३६ जनालाई १४ लाख २८ हजार ऋण लगानी गरेको छ । साधारणसभामा सहकारीका लेखा समिति संयोजक भगवति ...
आगलागीबाट चार लाख बराबरको क्षति

आगलागीबाट चार लाख बराबरको क्षति

मोरङ । मोरङको लेटाङमा शनिवार ग्वाली घर जल्दा चार लाख बराबरको क्षति भएको छ । मोरङको लेटाङ भोगटेनी नगरपालिका–९ बस्ने भीम बास्तोलाको छोरा वर्ष ४ को राहुल बास्तोलाले आगो खेलाउने क्रममा आफ्नै ग्वालीमा आगो सल्किएको हो । काठ र टिनले बनेको उक्त ग्वालीमा पराल राखिएको थियो । स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
खोलामा डुबेर बालकको मृत्यु

खोलामा डुबेर बालकको मृत्यु

झापा । झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ का १३ बर्षिय नविन दाहाल छन । स्थानीयबासीले दाहाललाई खोलामा डुवेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
आहालेमा घर जलेर नष्ट

आहालेमा घर जलेर नष्ट

धनकुटा । धनकुटाको आहालेको एक घरमा गएराति आगलागी भएको छ । आगलागीका कारण आहाले–२ का दुर्गाबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिधुत सर्ट भएर राति करिव ११ बजे घरमा आगलागी सुरु भएको थियो । स्थानीयबासीले करिव एक घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट घरमा रहेको अधिकांस सामाग्री जलेर नष्ट भएपनि क्षतिको यकिन बिवरण भने आउँन वाँकी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल उल्टो गुडाउँनेलाई सम्मानको ओइरो

मोटरसाईकल उल्टो गुडाउँनेलाई सम्मानको ओइरो

उदयपुर । मेची–महाकाली उल्टो मोटरसाईकल यात्राबाट विश्व कीर्तिमान राखेका चित्रकुमार कार्की उदयपुरमा सम्मानित भएका छन् । फरक प्रतिभामार्फत सामाजिक चेतना छर्दै जिल्लाको पहिचान बढाएको भन्दै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर–२ ले आयोजना गरेको कार्यक्रममा पार्टी महामन्त्री शसांक कोइरालाले उनलाई सम्मान गरेका हुन । सदुमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा कार्कीलाई महामन्त्री कोईरालाल...
खोटाङको जंगलमा शंकास्पद अवस्थामा युवतीको शव

खोटाङको जंगलमा शंकास्पद अवस्थामा युवतीको शव

खोटाङ । खोटाङको लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन । सिम्पानी–७ स्थित जङ्गलमा उनको शव फेला परेको हो । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा जङ्गलमा शव भेटिएको प्रहरीले जनाएको छ । सिम्पानी बजारको खड्का होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा का...
बसिला प्रहार गरी पत्नीको हत्या

बसिला प्रहार गरी पत्नीको हत्या

मोरङ । मोरङको सिजुवाका एक ब्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन । सिजुवा–६ मुसहर बस्तीका उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी २५ बर्षीया शान्ता सुतिहारलाई बसिला (काठ ताछ्ने हतियार) ले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतिवीच घरायसी वाद विवाद हुँदा उदयले शान्तामाथी बसिला प्रहार गरेको स्थानीयको भनाई छ । गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा ...
सिरहामा ट्रक जुध्दा चालकको मृत्यु

सिरहामा ट्रक जुध्दा चालकको मृत्यु

सिरहा । सिरहाको लहानमा विहीबार दुई वटा ट्रक आपसमा जुध्दा चालकको मृत्यु भएको छ । दुई जना सह–चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख.१९२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख.७१२ नम्बरको ट्रक बिहान करिव ८ बजे लहान नगरपालिका–१ मा ठोक्किएका हुन । दुर्घटनामा ७१२ नम्बरको ट्रकका चालक मकवानपुर आमभञ्ज्याङ–४ का २७ बर्षिय हरिबहादुर तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रह...