- संगालोखबर संवाददाता

सुनसरी । दुई साता अघि विराटनगरबाट हराएको मोटरसाइकल सुनसरीमा फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

Advertisement

गत माघ २१ गते सुनसरी बबिया–८ बस्ने बेचन मेहताको को.२१ प.४८६ नम्बरको मोटरसाइकल विराटनगरस्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो । मोटरसाइकल हराएपछि मेहताले खोजीकालागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा सुनसरीको कप्तानगञ्जमा मोटरसाईकल फेला परेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!