- संगालोखबर संवाददाता

सिरहा । सिरहाको लहानमा विहीबार दुई वटा ट्रक आपसमा जुध्दा चालकको मृत्यु भएको छ । दुई जना सह–चालक घाइते भएका छन् ।

Advertisement

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख.१९२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख.७१२ नम्बरको ट्रक बिहान करिव ८ बजे लहान नगरपालिका–१ मा ठोक्किएका हुन ।

दुर्घटनामा ७१२ नम्बरको ट्रकका चालक मकवानपुर आमभञ्ज्याङ–४ का २७ बर्षिय हरिबहादुर तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका तामाङको लहान स्थित सप्तऋषी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै ट्रकका सह–चालक घाईते भएका हुन । ट्रकका सह–चालक मकवानपुर हेटौडाका १६ बर्षिय संदिप घलान र मकवानपुर हेटौडा–१९ का २४ बर्षिय रमेश चौलागाई घाइते भएका छन् ।

घाईते संन्दिपको राउ स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ भने रमेशको फ्रेण्डस् मोडल अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!