संगालोखबर संवाददाता

मोरङ । मोरङको सिजुवाका एक ब्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन ।

Advertisement

सिजुवा–६ मुसहर बस्तीका उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी २५ बर्षीया शान्ता सुतिहारलाई बसिला (काठ ताछ्ने हतियार) ले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतिवीच घरायसी वाद विवाद हुँदा उदयले शान्तामाथी बसिला प्रहार गरेको स्थानीयको भनाई छ । गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बसिलाले हानेपछि उदयले पनि बिषादी सेवन गरेका थिए । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!