- देबराज राई/संगालोखबर

उदयपुर । मेची–महाकाली उल्टो मोटरसाईकल यात्राबाट विश्व कीर्तिमान राखेका चित्रकुमार कार्की उदयपुरमा सम्मानित भएका छन् । फरक प्रतिभामार्फत सामाजिक चेतना छर्दै जिल्लाको पहिचान बढाएको भन्दै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर–२ ले आयोजना गरेको कार्यक्रममा पार्टी महामन्त्री शसांक कोइरालाले उनलाई सम्मान गरेका हुन ।

सदुमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा कार्कीलाई महामन्त्री कोईरालाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए । सम्मानित कार्कीले सन् २०११ मा उल्टो मोटरसाईकल चलाएर मेचीपुलदेखि पश्चिमको महाकालीसम्म एक हजार ५० किलोमिटरको यात्रा पार गरेका थिए । यात्रासँगै उनले पर्यटन विकास, स्थायी शान्ति, अमनचयन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि दबाबमूलक जनचेतना फैल्याउन भूमिका खेलेका थिए ।

त्यस्तै नेपालको मेची महाकालीसँगै बिभिन्न जिल्लाहरुमा पनि जनचेतनासहित यात्रा गरेका थिए । त्यस्तै छिमेकी मुलुक भारतका बिभिन्न सहरमा पनि नेपाली झण्डासहितको उल्टो मोटरसाईकल चलाएका थिए । उनलाई युवा अवस्थामै अन्य युवाहरुलाई हौसला पुग्नेगरी साहसिक र उदाहरणीय कार्य गरेको भन्दै नेपाल जेसिजले सन् २०१७ का लागि युवा प्रतिभाको रुपमा पुरस्कृत गरेको थियो ।

कार्यक्रममा शिक्षामन्त्री दीपक गिरी, उदयपुर कांग्रेस सभापति बिदुर बस्नेत, २ नम्बर क्षेत्रीय सभापति बशन्त बस्नेत, नगरसभापति सरोज बस्नेतलगायत दर्जनौ पार्टीका केन्द्रिय सदस्यहरको उपस्थिती रहेको थियो । उल्टो मोटरसाईकल चलाएरै गिनिज बुक वल्र्ड रेकर्डमा नाम दर्ता गरिसकेका कार्कीले क्रमस दुई रेकर्डका लागि पनि तयारी पूरा गरेका छन ।

केही दिनपछि दुई हातले एकैपटक टेबल टेनीस खेल्ने तयारी गरेको जानकारी दिर्दै कार्कीले भने ‘उल्टो मोटरसाईकलमै सवार भई महिलासँग चुम्बन गरेर पनि रेकर्ड कायम राख्छु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!