- संगालोखबर संवाददाता
आगलागीको नमुना तस्वीर

झापा । झापाको गौरादह–१ स्थित बेलडाँगी चौकका दुई घरमा आगलागी भएको छ । बेलडाँगी चौकका देवराज सुब्बाको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विहीबार राती १ बजेबाट सुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको छ । दमकल, इलका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रण गरेका हुन ।

Advertisement

आगालगीका कारण काठको २ तले घर र नजिकै रहेको पक्की घर जल्दा करिव ४० लाख बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!