प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब र प्रदेश १ विजयी

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब र प्रदेश १ विजयी

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं १ विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश नं ७ लाई १७४ रनको भारी अन्तरले पराजित गर्दै विजयी भयो । त्यस्तै यता प्रदेश नं १ ले प्रदेश नं २ लाई ६८ रनले पराजित गर्दै विजयी भयो । टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ओभरम...
सेन वाटसनको उत्कृष्ट प्रदर्शनले चेन्नई आइपिएलको उपाधि चुम्न सफल

सेन वाटसनको उत्कृष्ट प्रदर्शनले चेन्नई आइपिएलको उपाधि चुम्न सफल

काठमाडौँ, १४ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।  वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८।३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैना...
नेपालको पहिलो ओडीआई नेदरल्यान्ड्सविरुद्ध हुन सक्ने

नेपालको पहिलो ओडीआई नेदरल्यान्ड्सविरुद्ध हुन सक्ने

काठमाडौँ, १० जेठ । एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ ।इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक...
सन्दीप लामिछानेलाई उपहार स्वरुप कार

सन्दीप लामिछानेलाई उपहार स्वरुप कार

काठमाडौं, ९ जेठ।  नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । १७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो...
सन्दीप लामिछाने ‘युथ आइकन अफ नेपाल’बाट सम्मानित

सन्दीप लामिछाने ‘युथ आइकन अफ नेपाल’बाट सम्मानित

काठमाडौं, ९ जेठ । युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट आफ्नो प्रतिभा देखाएका मंगलबार फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको हो । बुधबार डीएभी स्कूलमा भएको सम्मान कार्यक्रममा सन्दीपले विद्यार्थीहरुलाई पढाइसँगै आफूलाई इच्छा ...
सन्दीप लामेछानेलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत

सन्दीप लामेछानेलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत

 काठमाडौं, ८ जेठ। नेपाली क्रिकेटर सन्दीप लामेछाने स्वदेश फर्किएका छन् । आज दिउँसो त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा उनको भव्य स्वागत गरिएको छ । सन्दीपले पत्रकार सँग कुरा गर्दै इन्डीयन प्रिमियर लिगमा आफुले खेलेको अनुभव नेपालमा प्रयोग गर्ने बताए । सन्दीपले भने आइपील खेल्दा नेपाली र नेपालको पहिचान विश्वभर चिनाउन पाएको बताएका छन् । बैंगलोर विरुद्धको खेलबाट आईपीएलमा डेब्यु गरेका उनले चेन्नइ र मुम...
सन्दीपको खेलको चर्चासंगै परिवार दंग

सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, ८ जेठ । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको...
मेस्सीको नेत्तृत्वमा विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, यी खेलाडीहरुले पाए चान्स

मेस्सीको नेत्तृत्वमा विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, यी खेलाडीहरुले पाए चान्स

काठमाडौं, ८ जेठ । रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा भएको छ । जसमा अर्जेन्टिनाका अनुभवी खेलाडीले सहज रुपमा स्थान बनाएका छन् । विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश छन् । तर सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डीलाई भने टिम...
आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं, ६ जेठ। आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । दिल्लीसँग पराजित भएसँगै मुम्बई प्रतियोगिताबाट बाहिरियो । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३-...
आईपीएल २०१८ : सन्दीपलले लिए तीन ओभरमा ३ विकेट

आईपीएल २०१८ : सन्दीपलले लिए तीन ओभरमा ३ विकेट

काठमाडौं, ६ जेठ । आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दा ३ विकेट  लिएका छन् । जहाँ उनले ३२ रन खर्चिएका छन् । दिल्ली विरुद्धको अन्तिम खेलमा सन्दीप लामिछानेले आफ्नो प्रभावसाली प्रदर्शन जारी राखेका छन् । उनले सुर्यकुमार यादव, किरण पोलार्ड र कुर्नाल पाण्ड्यको विकेट लिएका थिए । दिल्लीको यो प्रतियोगिताको अन्तिम खेल हो सन्दीपको अब अन्तिम एक ओभर बाँ...
सन्दीप लामिछानेले जिते स्टाइलिस प्लेयर अफ दी म्याजको अवार्ड

सन्दीप लामिछानेले जिते स्टाइलिस प्लेयर अफ दी म्याजको अवार्ड

काठमाडौं,५ जेठ । इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा खेलाडी सन्दीप लामिछानेले एक लाख भारू सहित स्टाइलिस प्लेयर अफ दी म्याजकाे अवार्ड जितेका छन् । शुक्रबार भएकाे महेन्द्रसिंह ध्वनीले नेतृत्व गरेकाे चेन्नर्इ सुपरकिंग्स बिरूद्धकाे खेलमा सन्दिपले निकै कसिलाे बलिङ गरेका थिए । ४ अोभरको स्पेलमा १ विकेट लिदै २१ रनमात्रै खर्चेका थिए। सन्दीपले सुरेश रैनालार्इ १५ रनमा अाउट गरेका हु...
आईपीएल क्रिकेट : चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीपको उत्कृष्ट बलिङ

आईपीएल क्रिकेट : चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीपको उत्कृष्ट बलिङ

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका हुन् । सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई १५ रनमा आउट गराएका थिए । तेस्रो ओभरमा मात्र २ रन खर्चेर सन्दीपले सुरेश रैनाको महत्वपूर्ण विकेट लिएका हुन् । आफ्नो तेस्रो ओभरको पहिलो बलमा रैनालाई आउट ...
एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३ देखि

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३ देखि

काठमाडौँ, ४ जेठ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ । नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कल...
मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

दमक, २ जेठ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ । प्रतिष्ठानको नेतृत्व टोलीले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बु...
नेपाली फुटबलका ‘मणि’ अर्थात् नेपाली म्याराडोना

नेपाली फुटबलका ‘मणि’ अर्थात् नेपाली म्याराडोना

काठमाडौं, २ जेठ। नेपालमा टेलिभिजनको आगमन हुँदा एक खेलाडीको जादुमय कलाले नेपाली फुटबल समर्थकलाई ‘पागलप्रेमी’ जस्तै बनाएको थियो। ४/५ल ना खेलाडीलाई छलाएर गोल गरेको दृश्य टेलिभिजनमा प्रत्यक्षरूपमा हेर्न पाउँदा नेपाली फुटबल समर्थक कायल पनि भए। उनी थिए अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोना। म्याराडोनाको कर्ली कपाल, ड्रिबलिङ कलामा सबैभन्दा बढी समर्थकले वाहवाही गरे। सन् १९८६ मा म्याराडोनाको उदय हुनुअग...
पल्सर स्पोर्टस् अवार्डः तीन विधाको मनोनयनमा परे सन्दिप

पल्सर स्पोर्टस् अवार्डः तीन विधाको मनोनयनमा परे सन्दिप

काठमाडौं, ३१ वैशाख । युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् । उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक ब...
धनकुटामा विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

धनकुटामा विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

धनकुटा, ३१ बैशाख । धनकुटामा पहिलो पटक नगरपालिका क्षेत्रका विद्यालयस्तरीय जुनियर व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत विद्यालयस्तरीय कक्षा ४ देखि ७ सम्म र माध्यमिक विद्यालयस्तरी कक्षा ८ देखि १० सम्मको फरक–फरक समुह विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा कक्षा ४ देखि ७ समूहको छात्रतर्फ दिप इङलिस बोर्डिङ स्कूलका नवीन न्यौपानेले सोहि विद्यालयका रौनक चौधरीलाई पराजित गर्द...
सन्दिप लामिछानेले वीकेट लिएपछि डा. बाबुराम भट्टरार्इले गरे यस्ताे ट्वीट

सन्दिप लामिछानेले वीकेट लिएपछि डा. बाबुराम भट्टरार्इले गरे यस्ताे ट्वीट

काठमाडाैँ, ३० वैशाख । सन्दिप लामिछानेले अाइपिएलमा वीकेट लिएपछि नयाँ शक्तिपार्टीका संयाेजक डा बाबुराम भट्टराइले बधाइ दिँदै ट्वीट गरेका छन् । डेब्यू खेलमा विराट र एबी जस्ता खतरनाक व्याट्सम्यानलाई पनि लामिछानेले दबाबमा राखेका थिए । चार अाेभर बलिङ गरेका उनले एक विकेट लिए भने २५ रन मात्रै दिएका छन् । उनले १० डट बल फाले भने ६.२५ काे इकाेनमिक रेट राखे ।
आईपीएलमा सन्दिप लामिछानेको डेब्यू

आईपीएलमा सन्दिप लामिछानेको डेब्यू

काठमाडौं, २९ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् । टस हारेको दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको...
दमक गोल्डकपको उपाधि पुलिसलाई

दमक गोल्डकपको उपाधि पुलिसलाई

दमक, २८ वैशाख । झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै पुलिसले रु १३ लाख ११ हजार प्राप्त ग¥यो । उपविजेता मनाङले रु छ लाख ११ हजारमा चित्त बुझाउनुप¥यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरे । प्रतियोगितामा उत्कृष्ट डिफेण्डरम...
पुष्पलाल स्मृति ब्याडमिन्टनः श्रेष्ठ, धामी र तामाङ अघिल्लो चरणमा

पुष्पलाल स्मृति ब्याडमिन्टनः श्रेष्ठ, धामी र तामाङ अघिल्लो चरणमा

इटहरी, २७ वैशाख । सातौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फको एकल प्रतिष्पर्धाबाट नेपाली सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठ तथा भोजपुरका विकास श्रेष्ठ र सशस्त्र प्रहरीका दीपेश धामी अघिल्लो चरण प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजनामा यहाँ सञ्चालित प्रतियोगितामा आजै भएको १९ वर्षमुनिको उमेर समूहको खेलमा एकल प्रतिष्पर्धाम...
प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा

प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा

काठमाडौँ, २७ वैशाख। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागि...
दमक गोल्डकप: उपाधिका लागि मनाङ र पुलिस भिड्ने

दमक गोल्डकप: उपाधिका लागि मनाङ र पुलिस भिड्ने

दमक, २६ वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि फाइनलको यात्रा पक्का गरेको हो । खेलको ३० औँ मिनेटमा पहिलो गोल आर्मीका लागि टंक बस्नेतले गेरे पनि ४७ औं मिनेटमा मनाङका दीपक राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए...
कुम्मायक–कुसायक गोल्डकपको उपाधि चर्च ब्जाइजलाई

कुम्मायक–कुसायक गोल्डकपको उपाधि चर्च ब्जाइजलाई

पाँचथर, २६ वैशाख । चर्च ब्वाइज क्लब काठमाडौँले पाँचथरको कुमायकमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ । आज भएको फाइनलमा सुन्धारा स्पोर्टिङ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हत्याएको हो । उपाधिसँगै चर्च ब्जाइजले रु तीन लाख ११ हजार १११ हात पारेको छ भने उपविजेता सुन्धाराले रु एक लाख लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । च...
राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिस फाइनलमा

राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिस फाइनलमा

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो खेल एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रामा पुन...
फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

काठमाडौँ, २३ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्...
एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण

एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण

भीमदत्तनगर, २३ वैशाख । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ । राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिनुभयो । “बाइस जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन् ।” मुख्य प्रशिक्षक भाटले...
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

खोटाङ, २१ वैशाख । दिक्तेलमा जारी सर्वाधिक ठूलो धन राशिको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाली सेनाले शुरुदेखि नै अग्रता कायम राखेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहीबारदेखि शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा हालसम्म छ स्वर्ण पदकसहित सेनाले आफ्नो अग्रतालाई कायम राखेको हो । शुक्रबार साँझसम्मको नजिताअनुसार आयोजकले एक स्वर्...
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

खोटाङ, २१ वैशाख । खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे प्रतियोगितामा महिला तथा पुरुष समूह काँता र पुर...
दमक गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै आयोजक क्वार्टरफाइनलमा

दमक गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै आयोजक क्वार्टरफाइनलमा

झापा, २० वैशाख । आयोजक दमक– ११, झापामा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा टाईब्रेकरमा रुपन्देही–११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्ट्याउंदै निर्धारित ९० मिनेटमा खेलमा बराबरीमा ल्याएपनि पाहुना टोली टाईब्रेकरमा रोकिएको हो । रुपन्देहीका अजि...
पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

इटहरी, २० वैशाख। नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातौ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त...
error: Content is protected !!