काठमाडौं,५ जेठ । इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा खेलाडी सन्दीप लामिछानेले एक लाख भारू सहित स्टाइलिस प्लेयर अफ दी म्याजकाे अवार्ड जितेका छन् ।

Advertisement

शुक्रबार भएकाे महेन्द्रसिंह ध्वनीले नेतृत्व गरेकाे चेन्नर्इ सुपरकिंग्स बिरूद्धकाे खेलमा सन्दिपले निकै कसिलाे बलिङ गरेका थिए ।

४ अोभरको स्पेलमा १ विकेट लिदै २१ रनमात्रै खर्चेका थिए। सन्दीपले सुरेश रैनालार्इ १५ रनमा अाउट गरेका हुन्।  खेल ३४ रनकाे अन्तरले दिल्लीले जितेकाे छ ।

 दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नइ निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय २८ रनमा समेटिएकाे थियाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!