काठमाडौँ, १० जेठ । एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ ।

Advertisement

नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ ।इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला हुँदैछ ।

उक्त शृंखलामा नेपाल र नेदरल्यान्ड्सको खेल टि-२० अन्तर्राष्ट्रिय हुनेछ । त्यसलगत्तै नेदरल्यान्ड्स र नेपालबीच २ खेलको ओडीआई शृंखलाको लागि क्रिकेट खेल्ने गरि नेपालले प्रस्ताव पठाएको प्रशिक्षक टमाटाले जनाएका छन् ।

केहि महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि नेपालले चार वर्षको लागि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको थियो ।

त्यसपछि नेपालले खेल्ने खेलबारे औपचारिक सूचना केहि प्राप्त भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!