काठमाडौं, ८ जेठ। नेपाली क्रिकेटर सन्दीप लामेछाने स्वदेश फर्किएका छन् ।

Advertisement

आज दिउँसो त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा उनको भव्य स्वागत गरिएको छ । सन्दीपले पत्रकार सँग कुरा गर्दै इन्डीयन प्रिमियर लिगमा आफुले खेलेको अनुभव नेपालमा प्रयोग गर्ने बताए ।

सन्दीपले भने आइपील खेल्दा नेपाली र नेपालको पहिचान विश्वभर चिनाउन पाएको बताएका छन् । बैंगलोर विरुद्धको खेलबाट आईपीएलमा डेब्यु गरेका उनले चेन्नइ र मुम्बई विरुद्ध प्रतिष्पर्धाको मौका पाएका थिए।

जहाँ उनले ३ खेलबाट महत्वपुर्ण ५ विकेट लिँदै सनसनिपुर्ण प्रदर्शन गरे। पछिल्लो पटक अन्तिम खेलका रुपमा मुम्बई विरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ३ व्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए।

आईपीएलमा दिल्ली प्लेअफमा पुग्न असफल दिल्लीका लागि सन्दीपले खेलेका तीन मध्ये दुई खेलमा जित दिलाउन सफल भएका थिए।

आईपीएलबाट फर्किए पछि सन्दीप केहि दिनको स्वदेश बसाइपछि विश्व ११ बाट प्रतिष्पर्धा गर्नका लागि इग्ल्याण्ड प्रस्थान गर्नेछन्।
जेठ १७ गते विश्व ११ र वेष्ट इन्डिजबीच इंग्ल्यान्डको लर्डसमा च्यारिटी खेल हुँदै छ।

गत वर्षको आँधीका कारण वेस्टइंडिजका ध्वस्त रंगशाला निर्माणका लागि हुन लागेको च्यारिटी खेलमा सन्दीपले पनि विश्व ११ मा स्थान बनाउन सफल भए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!