पाँचथर, २६ वैशाख । चर्च ब्वाइज क्लब काठमाडौँले पाँचथरको कुमायकमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ ।

Advertisement

आज भएको फाइनलमा सुन्धारा स्पोर्टिङ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हत्याएको हो ।

उपाधिसँगै चर्च ब्जाइजले रु तीन लाख ११ हजार १११ हात पारेको छ भने उपविजेता सुन्धाराले रु एक लाख लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।

चर्च ब्वाइजलाई जिताउन सुनिल खड्काले खेल शुरु भएको १३ औँ मिनेटमा र भुवन बस्नेतले ५६ औँ मिनेटमा एक/एक गोल गरेका थिए । जवाफमा सुन्धाराका खमिर गिल्सन कन्दङवाले खेलको २७ औँ मिनेटमा एक गोल गरेका थिए ।

आठ टोली सहभागी यो प्रतियोगिता यही वैशाख २० गतेदेखि शुरु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!