दमक, २८ वैशाख । झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

Advertisement

आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले रु १३ लाख ११ हजार प्राप्त ग¥यो । उपविजेता मनाङले रु छ लाख ११ हजारमा चित्त बुझाउनुप¥यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरे ।

प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम, उत्कृष्ट मिडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन/तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपिएफका हरि कार्की घोषित हुनुभयो । उनीहरुले जनही रु २५ हजार र ट्रफी प्राप्त गर्नुभएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे ।

यही वैशाख १९ गतेदेखि शुरु भएको सो प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो । गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिनुभयो । उपाधि विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!