वर्षाले गहुँबाली तयार पार्न समस्या

वर्षाले गहुँबाली तयार पार्न समस्या

विराटनगर, १५ वैशाख ।  गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् । मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ भइरहेको छ । बालीबाट गहुँको दाना मेशिनबाट छुटाउनका लागि घाममा राम्ररी सुकाउनुपर्छ । पटक–पटकको वर्षाले गहुँबाली सुकाउन नसक्दा कतिपय किसान मारमा परेका ...
डोल्पाका यार्सागुम्बा पाटन जेठ १ देखि खुला हुने

डोल्पाका यार्सागुम्बा पाटन जेठ १ देखि खुला हुने

त्रिपुराकोट, डोल्पा, १४ वैशाख । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्...
भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

संखुवासभा, १३ वैशाख । भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झर्नुभयो । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आउनुभएको हो । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक का...
नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, १३ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार ...
आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

काठमाडौँ, १२ वैशाख ।  चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय तथ्याँक विभागद्वारा आज सार्वजनिक गरिएको आव २०७४/७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको...
नेपालीको प्रतिव्यक्ति आयमा सुधार, वार्षिक १ लाख ६ हजार रुपैयाँ हुने अनुमान

नेपालीको प्रतिव्यक्ति आयमा सुधार, वार्षिक १ लाख ६ हजार रुपैयाँ हुने अनुमान

काठमाडौं, १२ वैशाख। नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको  तथ्यांक सार्वजनिक गरिएकाे छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ हजार ४ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ६ हजार भन्दाबढी पुग्ने भएको छ । आर्थिक वर्ष २०७२/७३ मा नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ४८ अमेरिकी डलर र अघिल्लो आर्थिक वर्षमा ८ सय ६६ अमेरिकी डलर प्रतिव्य...
बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया, १२ वैशाख । यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको ...
हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने – अर्थमन्त्री डा. खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने – अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ, १२ वैशाख । जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ । सप्रोस नेपाल नामक सामाजिक संस्थाको आयोजनामा आजदेखि यहाँ शुरु भएको ‘नेपाललाई हरियाली बनाउँ’ अनुगमन सम्मेलनमा जैविक कृषि बालीको उत्पादनम...
चितवन विकासको नमूना बन्दैछ : प्रचण्ड

चितवन विकासको नमूना बन्दैछ : प्रचण्ड

चितवन, १२ वैशाख ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले चितवनलाई विकासको नमूना जिल्ला बनाउन सकिने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार भरतपुरमा चितवनको विकास र समृद्धिबारे गरेको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘चितवन विकासमा नमूना र उदाहरण बन्सक्छ । सिंगो राष्ट्रले चितवनको विकासबाट सिक्न सक्छ । यसको लागि चितवनको भूराजनीतिक अवस्थितिलाई हेरेर एकीकृत विकासको गुरुयोजन...
राष्ट्रिय आर्थिक गणना ४० करोडमा गरिने

राष्ट्रिय आर्थिक गणना ४० करोडमा गरिने

काठमाडौँ, १२ वैशाख ।  केन्द्रीय तथ्यांक विभागले पहिलोपटक शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब  ४० करोड खर्च हुने भएको छ । यही वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका संघ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतका क्षेत्रमा आर्थिक तथ्यांक संकलन गरिने छ । गणनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्...
आजदेखि ई–पेमेन्ट मार्फत राजस्व तिर्न सकिने

आजदेखि ई–पेमेन्ट मार्फत राजस्व तिर्न सकिने

काठमाडौं, १२ वैशाख। राजस्वमा ई–पेमेन्ट (विद्युतीय भुक्तानी) बुधबार सुरु हुँदैछ। वैशाख १ गते सुरु गर्ने तयारी गरिए पनि आवश्यक कार्यविधि पास नहुँदा १२ दिन ढिला गरी राजस्व विद्युतीय भुक्तानी सुरु गर्न लागिएको हो। महालेखा नियन्त्रणको कार्यालयले करदाता सेवा कार्यालय ठमेलबाट विद्युतीय भुक्तानी सुरु गर्ने भएको छ। बुधबारबाट ठमेल करदाता सेवा कार्यालयमा कर तिर्ने करदाताले विद्युतीय भुक्तानी गर्न पाउने छन...
भूकम्पपछिको पुनः निर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

भूकम्पपछिको पुनः निर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

काठमाडौँ, ११ वैशाख। भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ । पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । ‘भूकम्पपछिको विपद् व्यवस्थापन प्रतिवेदन’मा भूकम्पबाट भएका क्षतिग्रस्त...
भाषा परीक्षाको नाममा नेपालबाट कराेडाैं कुम्ल्यायाे कोरियाले

भाषा परीक्षाको नाममा नेपालबाट कराेडाैं कुम्ल्यायाे कोरियाले

काठमाडाैं ११ बैशाख । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट गर्नका लागि लिइने नवौँ चरणको कोरियाली भाषा परीक्षाको आवेदन फारामबाटै २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ। ८२ हजार २६४ जनाले कोरियाली भाषा परीक्षाको आवेदन फाराम बुझाएका थिए। ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति २४ अमेरिकी डलरका दरले २१ करोड दुई लाख ६६ अजार ७८४ रुपैयाँभन्दा बढी संकलन भई बाहिरिएक...
प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

काठमाडौँ, १० वैशाख ।  नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ...
टेम्पो चलाएर मासिक ५० हजार कमाइ

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

सुरुङ्गा, (झापा), ९ वैशाख । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ । बीस महिनाअघि स्वदेश फर्कनुभएका उहाँ अहिले टेम्पो चलाउन व्यस्त हुनुहुन्छ । झापाका ग्रामीण क्षे...
जडीबुटी प्रशोधन उद्योग स्थापना

जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम, १० वैशाख । इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थाेपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको हो । उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसी...
पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, ९ वैशाख।  तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको छ । क्यासिनो नियमावली, २०७० अनुसार अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुने र सो अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । क्यासिनो सञ्चाल...
स्वरोजगार कोषले युवालाई दिने रकम दुई लाखबाट पाँच लाख पुर्याउने

स्वरोजगार कोषले युवालाई दिने रकम दुई लाखबाट पाँच लाख पुर्याउने

काठमाडौँ, ९ वैशाख । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताउनुभयो । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ ...
दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने : ऊर्जामन्त्री पुन

दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने : ऊर्जामन्त्री पुन

सिन्धुपाल्चोक,९ वैशाख। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उहाँले भ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताउयनु...
तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी

तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी

काठमाडौं, ८ बैशाख । सरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् । सेवा प्रवाहको सवालमा सधैं जनगुनासाको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति अझै सम्मोहित बनेको तथ्यांकले देखाएको छ। कर्मचारी र उच्चपदस्थहरूको स्वदेश तथा विदेश भ्रमणमा मात्रै एक वर्षमा २ अर्ब २० करोड ७ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ ...
राष्ट्र बैंकको सीमा निर्धारण : प्रविधिको जमानामा परम्परागत काम

राष्ट्र बैंकको सीमा निर्धारण : प्रविधिको जमानामा परम्परागत काम

काठमाडौं, ७ वैशाख ।  झापाको भद्रपुरका लागि काठमाडौँबाट एकतर्फी जहाजको टिकट ९ हजार रुपैयाँ पर्छ । दोहोरो टिकट काट्न पर्‍यो भने १८ हजार रुपैयाँ तिर्नुपर्छ । जहाजबाटै ओहोरदोहोर गरिरहने वीरगंजका लोकराज शर्माले जहाजको टिकट मोवाईल वालेटमार्फत नै खरिद गर्दै आउनुभएको थियो ।  तर बुधबार विहान झापाका लागि टिकट खरिद गर्न खोज्दा उहाँको मोवाइल वालेटमार्फत टिकट खरिद गर्न सकस भयो । टिकट खरिद गर्नै मिलेन । शर्मा ...
तेह्रथुमका एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुमका एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुम, ७ वैशाख ।  तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नि...
निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन, ७ वैशाख। चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयका निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्तीका बासिन्दाका बीचमा द...
छ अर्ब २९ करोड राजश्व संकलन

छ अर्ब २९ करोड राजश्व संकलन

पोखरा, ७ वैशाख ।  आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म रु छ अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य रु छ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो । पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका एक लाख २३ हजार ६६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४...
तमोरमा जलाशययुक्त आयोजना अघि बढाईदै

तमोरमा जलाशययुक्त आयोजना अघि बढाईदै

काठमाडौं, ७ वैशाख  । नेपाल विद्युत प्राधिकरणले तमोर नदीमा जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अघि बढाउन लागेको छ । प्राधिकरणले हालैमात्र यसको विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । यो आयोजनाको डीपीआर एशियाली बिकास बैंक (एडीबी) को सहयोगमा बन्न लागेको छ । यसको डीपीआर निर्माणका लागि ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । तमोर जलाशययुक्त आयोजना प्रमुख प्रेमच...
औद्योगिक मेलामा आठ करोडको कारोबार

औद्योगिक मेलामा आठ करोडको कारोबार

भक्तपुर, ६ वैशाख। भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु आठ करोडको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्...
चीनले गर्यो त्रिदेशीय आर्थिक करिडोरको प्रस्ताव

चीनले गर्यो त्रिदेशीय आर्थिक करिडोरको प्रस्ताव

काठमाडाैँ, ६ वैशाख। चीनले नेपाल र भारतसहितको त्रिदेशीय आर्थिक करिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्न प्रस्ताव अघि सारेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि बेइजिङमा पत्रकारलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले हिमालयपार सम्पर्क सञ्जाल बनाउने समझदारी भएको र त्यो तीन देशबीचको आर्थिक करिडोर बन्नसक्ने बताएका हुन् । “हामीलाई विश्वास छ राम्ररी विक...
एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे

एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे

काठमाडाैँ, ६ वैशाख।  सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् । उनीहरुले हालै ...
संरक्षित बालबालिकाको खानामै कमिसन

संरक्षित बालबालिकाको खानामै कमिसन

काठमाडौं, ६ वैशाख। नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ । संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर ६ ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो । संगठनले बोलपत्र आह्वान गरेर प...
यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

काठमाडौं, ६ वैशाख । सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता भ...
सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

काठमाडौँ, ४ वैशाख । केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइ...
error: Content is protected !!