इलाम, १० वैशाख । इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ ।

Advertisement

स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थाेपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको हो ।

उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसींगरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन गरिरहेको दाहालले बताउनुभयो । धुपीबाट उत्पादित तेल बाथको रोग भएका र ढाड दुख्ने आदि समस्या भएका व्यक्तिलाई उपयोगी हुने बताइएको छ ।

यस्तै मेन्थाको तेल दाँत दुख्ने, मुख र पेटको समस्यामा उपयोगी हुने छ । यस्तै जडीबुटीबाट प्रशोधित तेल पफर््युम (अत्तर) बनाउन पनि उपयुक्त रहेको छ ।

विदेशमा महँगो मूल्यमा निर्यात गर्न सकिने यस्ता जडीबुटीजन्य तेलको माग उच्च भए पनि बजार पूर्णरूपमा पाउन नसकेको दाहालले बताउनुभयो । उहाँले निजी आवादीमा मेन्था, धुपी, धसींगरे, टिमुरजस्ता वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्न स्थानीयलाईसमेत आग्रह गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!