कलैया, १२ वैशाख । यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ ।

Advertisement

खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।

नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

कलैयामा प्रतिक्विन्टल रु दुई हजार ४०० मा बिक्री भइरहेको छ ।

गत वर्ष ०७३/७४ मा कृषकले कूल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार मूल्य बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!