काठमाडाैं ११ बैशाख । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट गर्नका लागि लिइने नवौँ चरणको कोरियाली भाषा परीक्षाको आवेदन फारामबाटै २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ।

Advertisement

८२ हजार २६४ जनाले कोरियाली भाषा परीक्षाको आवेदन फाराम बुझाएका थिए। ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति २४ अमेरिकी डलरका दरले २१ करोड दुई लाख ६६ अजार ७८४ रुपैयाँभन्दा बढी संकलन भई बाहिरिएको हो।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार भाषा परीक्षाकै नाममा नेपाली बेरोजगार युवाबाट यति धेरै रकम रोजगारदाता मुलुकमा पुगेको हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले भाषा परीक्षाका नाममा यति ठूलो रकम बाहिरिनु दुःखद भएको बताए।

यो रकम स्वदेशमै कुनै उत्पादनमूलक क्षेत्रमा लगाउन सकिए अहिले कोरिया जाने कामदारले काउनेभन्दा बढी आम्दानी हुने बताए। दक्षिण कोरियामा मासिक तलब न्यूनतम एक लाख रुपैयाँभन्दा बढी हुने कारण नेपाली कामदारको आकर्षण बढेको छ। अहिलेम्म ५५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि त्यहाँ पुगेको तथ्यांक छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!