काठमाडौं, १२ वैशाख। नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएकाे छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ हजार ४ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ६ हजार भन्दाबढी पुग्ने भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ४८ अमेरिकी डलर र अघिल्लो आर्थिक वर्षमा ८ सय ६६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको थियो । गत बर्षको तुलनामा नेपालीको औसत आम्दानी बार्षिक १३८ अमेरिकी डलरले बढेको हो ।