संगालोखबर सम्वाददाता

धनकुटा, ३ असोज । धनकुटाको मौनावुधुक बजारको अनुगमन गरिएको छ । चौविसे गाउँपालिका र इलाका प्रशासन कार्यालय राजारानीको अगुवाईमा संयुक्त टोलीले चौबिसे गाउँपालिका–७ मा रहेको मौनाबुधुक बजारको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु भेटिएको, उचित नापतौल नभएको र कतिपय पसल विना दर्ता नै सञ्चालनमा रहेको भेटिएको अनुगमन टोलीमा सहभागि चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले संगालोखबरलाई जानकारी दिईन् ।

Advertisement

उनका अनुसार म्याद नाघेका खाद्य बस्तु नष्ट गरिएको छ । दर्ता विना सञ्चालनमा रहेका पसल सञ्चालकलाई तत्काल दर्ताका लागि आग्रह गरिएको र दर्ता नविकरण गर्नुपर्ने पसलहरुलाई पनि सुझाव दिईएको उपाध्यक्ष रुचालले बताईन् ।

धनकुटाको मौनाबुधुक बजार ।

अनुगमनमा म्याद नाघेको बनस्पती घ्यू, पेय पदार्थहरुमा २९ थान ड्यू, ५ थान स्प्राइट, ६ थान फ्रुटी, ३२ थान विस्कुट र २ प्याकेट तेल म्याद नाघेको पाईएको स्थानीय सञ्चारकर्मी जितेन्द्र कोईरालाको स्रोत उदृत गर्दै रेडियो मकालुले जनाएको छ ।

बजार अनुगमनमा इलाका प्रशासन कार्यालय राजारानीका अधिकृत विदुर गौतम, गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, ७ नम्बर वडाध्यक्ष दुर्गाबहादुर सुवेदी, बजार व्यावस्थापन समितिका पदाधिकारी, स्थानीय समाजसेवी लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!