संगालोखबर सम्वाददाता

इलाम, ९ भदौ । इलामको चुलाचुली गाँउपालिका–२ मा गएराति हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय ६३ बर्षीय धन बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी चौकी पोल्टीमारीले जनाएको छ ।

Advertisement

श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुतिरहेका वेला हात्तीले सुडले बोकेर घरबाट करिव २ सय मिटर पर लगेर लछारेर मारेको स्थानीयबासीले बताएका छन ।

घटनापछि पोल्टीमारी प्रहरी र स्थानीयबासीले हात्तीलाई जंगलतर्फ लखेटेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!