इलाम। आर्थिक वर्ष २०७३/७४ मा दुईवटा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

Advertisement

सिँचाइ विकास डिभिजन कार्यालयले चमैता र देउमाई नगरपालिकाको क्याबुङमा ती आयोजना निर्माण गरेको हो ।

चमैतास्थित देउमाई सिँचाइ आयोजना र देउमाई नगरपालिकास्थित साब्जुङ–क्याबुङ सिँचाइ आयोजना निर्माण भएपछि यहाँका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

रु दुई करोड ५० लाखको लागतमा निर्मित देउमाई सिँचाइ आयोजनाबाट यहाँको एक सय पाँच हेक्टर जमिन सिञ्चित भएको छ ।

देउमाई नगरपालिकास्थित साब्जुङ क्याबुङ सिँचाइ आयोजना रु चार करोडको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख बद्री कार्कीले जानकारी दिए ।

क्याबुङ सिँचाइ आयोजनाबाट क्याबुङको १३५ हेक्टर जमिन सिञ्चित भएको छ । सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रका किसानले यस वर्ष समयमै खेती गर्न पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!