लहान। प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ ।

मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३ख ८७१७ र ना५ख ९८६ नंको ५ वटा टिपरलाई गोलिया काठसहित नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिनुभयो ।

Advertisement

नियन्त्रणमा लिएको काठ कति मूल्य बराबरको हो भन्ने अहिले यकिन नभइसकेको र नियन्त्रणमा लिएका टिपर र काठका सम्बन्धमा अनुसन्धान भइरहेको सहायक वन अधिकृत यादवले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!