संगालोखबर सम्वाददाता

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आईतबार धनकुटासहित अरुण पूर्वका नौ जिल्लामा बन्द आवहन गरेको छ ।

बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आएको छ ।

Advertisement

अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयक्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को माग छ ।

बन्दका कारण सुनसान धनकुटा बसपार्क ।  

परिषद्ले धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, सुनसरी, मोरङ र झापामा एकदिने बन्द आवहन गरेको हो ।

बिहान ५ देखि वेलुका ५ बजेसम्म बन्द आवहन गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका धनकुटा अध्यक्ष सविला मोक्तानले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार बन्दको समयमा एम्बुलेन्स, प्रेस, शवबाहन लगायत आकस्मिक प्रयोजनका सवारी साधनलाई भने सञ्चालमा अवरोध गरिने छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!