संगालोखबर सम्वाददाता

धनकुटा, २३ भदौ । भ्रष्टाचारको विरोध तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार इन्सेकले देशब्यापी कार्यक्रम अनरुप धनकुटामा पनि हस्ताक्षर तथा प्रतिबद्धता लिने अभियान सञ्चालन गरेको छ ।

‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिबद्ध रहनेछु’ भन्ने मूल नारासहित भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका लागि हस्ताक्षर अभियान चलाईएको हो ।

Advertisement

नव निर्वाचित जनप्रतिनिधिहरु असल आचरण तथा भ्रष्टाचार विरोधी हुन सके मात्र जन अपेक्षा अनुसार काम हुन सक्छ भन्ने उद्देश्यका साथ इन्सेकले यस्तो अभियान चलाएको हो ।

धनकुटाको मदनचौकमा राखिएको ब्यानरमा नगरपालिका–७ का वडाध्यक्ष जंगबहादुर राईले हस्ताक्षर गरेर अभियानको थालनी गरेका थिए ।

त्यसपश्चात जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक, मानवअधिकारकर्मी, वकिल, पत्रकार तथा सर्वसाधारण गरी करिव २ सय जनाले हस्ताक्षर गरेको इन्सेक जिल्ला प्रतिनिधि सन्तोष रुचालले जानकारी दिए ।

हस्ताक्षरसहितको व्यानर शुक्रवार नै धनकुटा नगरका उप–प्रमुख शकुन्तला बस्नेतलाई हस्तान्तरण गरिएको छ ।

व्यानर ग्रहण गर्दै नगर उप–प्रमुख बस्नेतले मुलुक भ्रष्टाचारको दल–दलमा फसेकाले संसारको गरिब राष्ट्रमा चिनिएको बताउँदै भ्रष्टाचार अन्त्य गर्न सवै जनप्रतिनिधिहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिएकी छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!