मोरङ। जिल्लाको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय लथालिङ्ग अवस्थामा पुगेको छ ।

Advertisement

विसं २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो ।

तत्कालीन उर्लाबारी गाविसको ५० हजार र हार्डवेयर पसल तथा स्थानीयवासीको सहयोगमा एक लाख ५० हजारमा सो शौचालय क्लबले निर्माण गरेको थियो । हाल शौचालय पुनः लथालिङ्ग अवस्थामा पुगेकाले शौच गर्न समस्या भएको छ ।

शौचालयको रेखदेख गर्दै आएकी उर्लाबारी–७ की विना मल्लिकले शौचालय पुनःनिर्माण गरिदिन माग गरेकी छन् ।

दैनिक रुपमा १०० देखि १५० सम्म उठे पनि त्यसभन्दा बढी खर्च हुने गरेको उनको गुनासो छ ।

शौचालयको पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भने छानामा रहेको टिन पनि चुहिन्छ ।

शौच गर्न जाने यात्रु तथा सर्वसाधारणलाई असहज हुने गरेको छ ।

तत्कालीन उर्लाबारी गाविसलाई २०६८ चैत २८ गते खुला दिसामुक्त गाविस घोषणा गरिए पनि पर्याप्त रुपमा सार्वजनिक शौचालय नबनाई खुला दिसामुक्त घोषणा गरेका कारण कतिपय स्थानमा अहिले पनि खुला शौच गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!