एक्सरसाइज हाम्रो लागि महत्वपूर्ण छ । एक्सरसाइज गरेर हामीले शरीरका विभिन्न भागलाई सेप दिन सकिन्छ । शरीरको तौल घटाउन, हातको मसल्स घटाउन–बढाउन, पेट घटाउन–बढाउन सकेजस्तै खुट्टाको मसल्सलाई पनि घटाउन वा बढाउन सकिन्छ । थाईको मसल्स घटाउन वा बढाउन यसो गर्न सकिन्छ :

Advertisement

क्सरसाइज गर्दा हामीले डाइटमा एकदमै ध्यान दिनुपर्छ । नेचुरल डाइट मात्र खाँदा पनि हुन्छ । तर, एकदम ढिलो प्रतिफल दिन्छ । जस्तै, उसिनेको अन्डा, उसिनेको आलु, फलफूल, हरियो भिटामिनयुक्त सागसब्जी, दूध, चना एकदम धेरै खानुपर्छ ।

थाईको एक्सरसाइज गर्दा स्क्वाट ९डमबेल लिएर गरिने एक्सरसाइज०, हेकप्रेस, लेग कल्र्स, स्ट्यान्डिङ लेग प्रेस, फोकस अन बट एन्ड थाई, फ्रन्ट थाई, ह्यामस्ट्रिङ, काल्फ्स क्रम गर्नुपर्छ ।

वेट स्क्वाट गर्दा २।५ केजी तौल दुवैतर्फ तीन सेटमा गर्नुपर्छ । प्रत्येक सेटको ३०, २५ र २५ रेप्समा गर्नुपर्छ । यसले थाईको मसल्स चाम्रो, तौल घटाउनुका साथै ठीक सेप पनि दिन सकिन्छ । यो हप्तामा तीन दिन गर्नुपर्छ ।

लेग एक्सरसाइजको कुरा गर्दा थाई एक्सरसाइज पनि महत्वपूर्ण मानिन्छ । लेग एक्सरसाइज गर्दा हामीले मसल्समा ध्यान दिन जरुरी छ, जस्तै– बाइमसल्स, ट्राइसेप, ह्यामस्ट्रिङ आदि ।

थाईको मसल्स बढाउनु छ भने हेभी वेट ५ सेटमा एक्सरसाइज गर्नुपर्छ । १० देखि ५० केजीसम्म दुवैतिर बराबर बनाएर १२ रेप्समा गर्नुपर्छ । यो हप्तामा दुई दिन मात्र गर्नुपर्छ ।

एक्सरसाइज र डाइटको ब्यालेन्स मिलेमा तीन महिनामा फरक अनुभव गर्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!