Avatar photoSangalo Khabar

काठमाडौँ ।  डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्।

Advertisement

सत्याग्राही अभियन्ताको ज्यानै जोखिममा पर्दासमेत सरकार संवेदनहीन बनेको भन्दै डाक्टरहरूले सेवा छोडेका हुन्। सरकारी चिकित्सक संघ (गोडान), रेजिडेन्ट डाक्टर एसोसिएशन अफ नामस्, नेशनल डाक्टर रेजिडेन्ट डाक्टर एसोसिएशन लगायतका संघसस्थाको आह्वानमा आजदेखि देशभरका सरकारी अस्पताका आकस्मिक बाहेकका सेवा बन्द भएको हो।

चिकित्सकहरूले माथेमा प्रतिवेदन अनुसार चिकित्सा ऐन तत्काल पारित गरी डा.केसीको माग पुरा नगरेसम्म काममा नफर्कने घोषणा गरेका छन् । यसैबीच चिकित्सक संघले समेत जबरजस्ती माथेमा प्रतिवेदनको भावना विपरित विहीबार संसदीय उपसिमितबाट पारित विधयेक फिर्ता नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ।

डा. केसीको स्वास्थ्य निकै जोखिममा परेको विहीबारै स्वास्थ्य मन्त्रालयले संसदीय समितिलाई समेत जानकारी गराइसकेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement