Avatar photoSangalo Khabar

१.अमला
अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ ।

Advertisement

अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।

२. मरिच
मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ । यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्नुहोस् । नियमित प्रयोग गर्नाले यसको असर देख्न थाल्नेछ ।

३. कफी, चियापत्ती
यदि तपाईं सेतो कपालबाट पीडित हुनुहुन्छ भने चियापत्ती र कफीको प्रयोग गर्न सकिन्छ । कपाल सेतो भैसकेको छ भने चियापत्ती र कफीले धुने हो भने कपाल पुनः कालो हुनेछ । यसको प्रयोग नियमित रुपमा दिनको दुईपटक गर्न सकिन्छ ।

४. घिउकुमारी
कपालमा घिउकुमारीको जेल लगाउनाले झर्न रोकिन्छ र सेतो हुन दिँदैंन । यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ ।

५. दही
सेतो कपाललाई प्राकृतिक रुपमै कालोमा परिवर्तन गर्न दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि हिना र दहीलाई बराबरमात्रामा मिसाएर पेष्ट बनाउनुस् र यसलाई लगाउनुस् । यो घरेलु उपचारलाई हप्तामा एकपटक लगाउन सकिन्छ ।

६. प्याज
प्याजले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । केही दिनसम्म दैनिक नुहाउने केही अघि प्याजको पेष्ट लगाउनुपर्छ । यसले कपाल कालो हुन थाल्नेछ र चमक पनि आउनेछ । प्याजको पेष्टले कपाल झर्न पनि रोक्नेछ ।

७. दूध
गाइको दूधले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । गाईको दूध हप्तामा एकदिन लगाउन सकिन्छ ।

८. घिउ
घरमा बनाइएको घिउले मालिस गर्नाले छालालाई पोषण मिल्छ । दैनिक शुद्ध घिउले कपालमा मालिस गर्नाले सेतो हुनबाट छुटकारा मिल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement