सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हो ।  प्रत्येक ब्यक्तिको  दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ ।

Advertisement

यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै ।  सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् ।  विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो ।

आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्ति बढ्दै छ । कमाइको ठूलै हिस्सा अचेल सौन्दर्यमा खर्च गरि पनि रहेका छन् ।  आफूले लगानी गर अनुसार फाइदा प्राप्त भएको छ वा छैन भन्नेमा भने सचेत भएको त्यति पाइदैन ।

ती सामग्रीमा धनराशी खर्च गर्नुभन्दा केही घरेलु उपाय अपनाउन सके दोहोरा क्षतिबाट जोगिन सकिन्छ ।

यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ । त्यस्तै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग पनि कम गर्नुपर्छ ।

दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ ।

डन्डिफोर हटाउने विभिन्न घरेलु उपायमध्ये कागती पनि एक हो । एउटा कचौरामा कागतीको टुक्रालाई निचोरेर राख्ने अनि कागतीमा गुलाबजल मिसाउने र आवश्यकताअनुसार अनुहारमा लगाउँदा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ। यसलाई १५ दिनसम्म नियमित प्रयोग गर्नु राम्रो मानिन्छ।

डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्।

कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउ“दा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ।

यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ।

यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ।

यदि छाला चिल्लो छ भने बेसनको पीठो का“चो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ। गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!