धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा, १० कात्तिक । धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो । अस्पतालमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल डंगोलले शल्यक्रिया सेवा सुरु भएकाले अव बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता कम ...
तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ

तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ

काठमाडौं, २९ असोज । तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् । चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ । यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पन...
कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै

कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै

धनगढी, २८ असोज । कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी)  सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् । संक्रमितमध्ये महिलाको स...
भारतको अवस्था उत्तर कोरियाभन्दा खराब !

भारतको अवस्था उत्तर कोरियाभन्दा खराब !

एजेन्सी, २७ असोज । ग्लोबल हंगर इन्डेक्समा भारतको स्थिती उत्तर कोरिया, म्यान्मार, श्रीलङ्का र बंगलादेशभन्दा पनि खराब भएको टाइम्स अफ इन्डियाले बताएको छ । संसारभरीका विकासशील देशमा भोकमरीको समस्यामा इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्स्टिच्यूटको तर्फबाट केही समयअघि जारी गरिएको रिपोर्टमा १ सय १९ देशमा भारत सयौं नम्बरमा छ । एसियाली मुलुकमध्ये भारत अफगानिस्तान र पाकिस्तानभन्दा अगाडि छ । पछिल्लो वर्ष ९७...
सिन्धुली अस्पतालको सेवा : ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ’

सिन्धुली अस्पतालको सेवा : ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ’

सिन्धुली,२६ असोज । सिन्धुली सुनकोशी गाँउपालिकाकी रमिला तामाङ डेलिभरीको लागि दुईदिन पहिला जिल्ला अस्पतालमा भर्ना भईन् ।  सेतो पानी र रगत बग्ने समस्या भएपछि विरामी र आफन्त आत्तिन थाले । यस्तो भएको खण्डमा बच्चा र आमालाई जोखिम हुन्छ भन्ने कुराको बारेमा त्यही चिकित्सकहरुबाट जानकारी गराईन्छ । तर त्यो समयमा त्यहाँका नर्सहरुले यो सामान्य हो भन्दै थमौति दिए । बिरामीलाई झन गाह्रो हुँदै गएपछि रमिताको आफन...
चिकित्सा शिक्षा विधेयक पारित लगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको अवस्था जटिल

चिकित्सा शिक्षा विधेयक पारित लगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको अवस्था जटिल

काठमाडौं,२६ असोज ।  चिकित्सा शिक्षा विधेयक पारितलगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था खस्किने र महत्वपूर्ण अंगका कार्यमा उतारचढाव देखिन थालेपछि उनको उपचारमा २४ घन्टे मोनिटर सुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको मुटुको चालमा गडबढी र श्वासप्रश्वाससमेत समस्या देखिन थालेको छ । प्रयोगशाला परीक्षणका ...
डाबर रेड जेल अब नेपाली बजारमा

डाबर रेड जेल अब नेपाली बजारमा

काठमाडौं,२६ असोज । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा लिएर आएको छ ।डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्छ । डाबर नेपालका माकेर्टिङ हेड, श्री अभय गोर्खालीले भने, “डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा ...
डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरको आग्रह

डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरको आग्रह

काठमाडौं, २५ असोज । डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १७ जिल्लामा डेंगुको संक्रमण देखिएको छ र यो अझै फैलने अवस्थामा छ । अझै १०/१२ दिन डेंगु रोगको जोखिम उच्च रहेको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनुभयो । पानी परेका कारण सडक लगायत घर आसपासमा जमेको खाल्डाखुल्डीका कारण लामखुट्टे सक्रिय भएकाले संक्रमणको खतरा भ...
बर्दिबासमा ९८ जनामा डेंगु

बर्दिबासमा ९८ जनामा डेंगु

गौशाला, २५ असोज । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिनुभएको छ । अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ । ती मध्ये ८० जना महोत्तरीका र अन्य ...
आयुर्वेद विभागको बेथिति : २४ वर्ष तलब भत्ता वितरणमै बित्यो, निःशुल्क वितरण गरिने ६८ वटा औषधि हटाइयो

आयुर्वेद विभागको बेथिति : २४ वर्ष तलब भत्ता वितरणमै बित्यो, निःशुल्क वितरण गरिने ६८ वटा औषधि हटाइयो

काठमाडौं,२४ असोज । जडीबुटी नेपालको आम्दानी गर्ने एउटा मुख्य स्रोत हो । नेपालमा भएका जडीबुटी सङ्कलन र प्रशोधन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । नेपालका अधिकांश स्थानका नागरिक कुनै न कुनै माध्ययनबाट आयुर्वेदिक औषधि अर्थात् जडीबुटी प्रयोग गर्नेमा पर्छन् । तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि ७० प्रतिशत नेपालीले औषधिको रूपमा आफ्नै गाउँठाउँमा पाइने जडीबुटी प्रयोग गर्दै आएका छन् । तर जडीबुटीक...
दशैँमा स्वास्थ्य टिप्स- ‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’

दशैँमा स्वास्थ्य टिप्स- ‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’

भक्तपुर । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल ) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसि...
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं, ६ असोज। चिकित्सकहरुले आजदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सक स्वयंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको विरोधमा चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पारेका हुन् । अस्पताल, नर्सिङहोम, क्लिनिक सबै बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएका छन् । नेपाल चिकित्सक संघले निर...
गर्भवतीको तथ्यांक अब मोबाइलबाटै

गर्भवतीको तथ्यांक अब मोबाइलबाटै

बैतडी, २ असोज । गर्भवती महिलाको तथ्यांक बैतडीमा मोबाइलबाट संकलन गरिने भएको छ। गर्भवतीसमक्ष आवश्यक स्वास्थ्य सेवा पुर्‍याउन सजिलो होस् भनेर मोबाइलबाटै तथ्यांक संकलनको तयारी भएको हो। जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले मेडिक मोबाइलको सहयोगमा गर्भवतीको तथ्यांक संकलन मोबाइलमार्फत गर्ने तयारी गरेको जानकारी दिए। मातृ मृत्युदर र बाल मृत्युदरमा कमी ल्याउने उद्देश्यसहित मोबाइलमार्फत तथ्यांक संकल...
मन्त्रिपरिषद् बैठक : चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भए, चिकित्सकले नै क्षतिपूर्ती तिनुपर्ने

मन्त्रिपरिषद् बैठक : चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भए, चिकित्सकले नै क्षतिपूर्ती तिनुपर्ने

काठमाडौँ , २ असोज । पछिल्लो समय चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु हुने घटना बढेको भन्दै मन्त्रिपरिषद बैठकले यसबारे विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको छ । चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भएमा चिकित्सकबाट नै त्यसको क्षतिपूर्ती तिराउने गरी विधेयक अघि बढाउने सरकारले तयारी गरेको हो । मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले चिकित्सकको लापरवाहीबाट बि...
स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

धादिङ, २ असोज । महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ । खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी ...
दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ अशोज । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताउनुभयो । केन्द्रमा उपचारका लागि भर्ना भएकामध्ये मानसिक असन्तुलन र शारीरिक अक्षमताका कारण २११ र पू...
बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङ, १ अशोज । यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिनुभयो । उनीहरूको निःशुल्क आँखाको शल्यक...
कपिलवस्तुमा एचआइभी संक्रमित बिरामी बढे

कपिलवस्तुमा एचआइभी संक्रमित बिरामी बढे

कपिलवस्तु , ३१ भदौ । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ । हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक वर्ष २०७३/७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् । आव ०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेर अहिले भएको जि...
बिहान खाली पेटमा कागतीपानी पिउनुका यस्ता छन् फार्इदा

बिहान खाली पेटमा कागतीपानी पिउनुका यस्ता छन् फार्इदा

काठमाडौं, ३१ भदौ । कागतीपानी पिउने बानी कत्तिको छ रु छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् । लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणा...
स्वाइनफ्लुबाट धुलिखेल अस्पतालमा एकको मृत्यु, सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन

स्वाइनफ्लुबाट धुलिखेल अस्पतालमा एकको मृत्यु, सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन

धुलिखेल।  स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पत...
जाजरकोटमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

जाजरकोटमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

जाजरकोट। जाजरकोट अस्पतालमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।  पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले सो सेवाको शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यो सेवा सुरु भएसँगै जाजरकोटमा सुत्केरी गराउन हजारौ खर्च गरेर जिल्लावाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरद्धारा जाजरकोट अस्पतालमा अव २४ घण्टे शल्...
सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सोलुखुम्बु। तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अन...
झापामा एचआइभी (एड्स) को संक्रमणवाट मृत्यु हुनेको संख्या घट्दै

झापामा एचआइभी (एड्स) को संक्रमणवाट मृत्यु हुनेको संख्या घट्दै

भद्रपुर। झापामा पछिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान ला...
झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

झापा।काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्...
ग्यास्ट्रीकले निम्त्याउन सक्छ अल्सर, यस्ता छन् अल्सरका लक्षण

ग्यास्ट्रीकले निम्त्याउन सक्छ अल्सर, यस्ता छन् अल्सरका लक्षण

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ । खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ । प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ । तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ । स...
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

झापा। झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा सुरू गरेको छ । विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वाञ्चलकै  ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल ३०० शय्याको छ । २२ बिघामा  क्षेत्रफलमा फैलिएक...
गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै

गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै

राजविराज।  वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ । सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । गर्मी बढेसँगै अञ्चल ...
अनुहारमा दाग छ ? यी हुन् सजिलै हटाउने २० तरिका

अनुहारमा दाग छ ? यी हुन् सजिलै हटाउने २० तरिका

दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । घ्यूकुमा...
डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि मोरङमा

डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि मोरङमा

मोरङ। गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको हो । पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले...
अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

चितवन । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउनुहुन्छ । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । महानगरमा प्रमुख र उपप्रमुख...
छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन

छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन

अहिले बजारमा थरीथरीका साबुन छन् । कुन साबुनले नुहाउने ? यसको खास हेक्का गर्दैनौ । हेर्दा राम्रो साबुन छनौट गर्छौं । कतिले सस्तो खोज्छन्, कसैले महंगो । कोहि साबुनको ब्रान्ड हेर्छन्, कोहि त्यसको आवरण । वास्तवमा सावुन धेरै रंग, फ्लेवरको हुन्छ । यसरी सावुनमा विविधता हुनु भनेको त्यसको प्रकृति पनि फरक हुनु हो । अर्थात कुन किसिमको छालामा कस्तो साबुन प्रयोग गर्ने भन्ने हुन्छ । त्यसैले साबुन प्रयोग गर्न...
error: Content is protected !!