वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थि...
भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

काठमाडौँ, २९ फागुन । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।” विशेष गरी याता...
सरकारले विप्लव चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

सरकारले विप्लव चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौँ, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनी...
साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको  विजयी सुरुवात

साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको विजयी सुरुवात

विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको पहिलो मिनेटमा नै अग्रता लिने महत्वपूर्...
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

दार्चुला, २८ फागुन । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”, मार्मा गाउँपालिकास्थि...
उपराष्ट्रपतिले गरे अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को प्रशंसा

उपराष्ट्रपतिले गरे अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर प्रशंसा गरेका छन् । सोमवार काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग पुगेका उनले फिल्मको कथा र कलाकारहरुको अभिनय मन परेको बताए । उनले युवापिढी र राष्ट्रवादीहरुलाई फिल्म हेर्न पनि आग्रह गरे । फिल्म हेरिसकेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- 'एकदमै राम्रो लाग्यो फिल्म । सबै नेप...
आलियाले गरिन् रिजेक्ट एनटीआर र रामचरणको फिल्म

आलियाले गरिन् रिजेक्ट एनटीआर र रामचरणको फिल्म

‘बाहुबली’ सिरिज फेम डाइरेक्टर एसएस राजामौली अहिले आफ्नो नयाँ फिल्म ‘आरआरआर’ का लागि लिड अभिनेत्रीको खोजी गरिरहेका छन् । फिल्ममा तीन अभिनेत्रीको लिड रोल रहनेछ । राजामौलीले अभिनेत्री आलिया भट्टलाई कास्ट गर्न योजना बनाएका छन् र उनलाई महँगो पारिश्रमिक दिन पनि उनी तयार छन् । तर, अब चर्चा छ कि, आलियाले एकपछि अर्को फिल्ममा व्यस्त हुने भएका कारण 'बाहुबली' निर्देशकको फिल्म ‘आरआरआर’ अस्वीकार गरेकी छन् । ...
अमेरिकाको एउटा सहरमा बाख्रो बन्यो मेयर

अमेरिकाको एउटा सहरमा बाख्रो बन्यो मेयर

एजेन्सी  । मेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो । टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर पदमा चुनिएको थियो । १६ वटा पाल्तु जनावरको बीचमा मेयर पदका लागि चुनाव गरिएको थियो । कुकुर...
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौँ, २८ फागुन । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पन...
ब्राजिलमा बाढी र पहिरोमा परी एघारको मृत्यु

ब्राजिलमा बाढी र पहिरोमा परी एघारको मृत्यु

साओ पाउलो, २८ फागुन । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ । भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जा...
गाईमा भ्रुण प्रत्यारोपण

गाईमा भ्रुण प्रत्यारोपण

चितवन, २८ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रुण ...
जन्ती बस दुर्घटनामा दुईको मृत्यु

जन्ती बस दुर्घटनामा दुईको मृत्यु

हेटौँडा, २८ फागुन । मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएक...
सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुर, २८ फागुन । सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना या...
करीब चार हजार युवालाई रोजगार बनाइँदै

करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ, २८ फागुन । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधि...
घरबाटै पानी बोकेर विद्यालयमा

घरबाटै पानी बोकेर विद्यालयमा

खलङ्गा, २८ फागुन । यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो । भोगौलिक हिसाबले दुर्गम भएका का...
साँढे काटेको अभियोगमा मुद्दा

साँढे काटेको अभियोगमा मुद्दा

गौशाला, २८ फागुन ।  महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ...
‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवा...
१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

बुटवल, २८ फागुन । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन...
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

काठमाडौँ, २८ फागुन । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो । आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प...
जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । पूर्व जिम्मेवारीमा फर्किएका जिदानले घर फर्किदा खुशी भएको प्रतिक्रिया दिएका छन । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई सन् २०२२ जुनसम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । क्...
पुख्र्यौली आरन चलाउने  सीपको व्यावसायीकरण

पुख्र्यौली आरन चलाउने सीपको व्यावसायीकरण

बागलुङ, २८ फागुन । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगड मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका–२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक रु एक लाख बढी कमाउनुहुन्छ । सात वर्षअघि सिर्पालीले खोलेको ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ मा छ कालिगडले रोजगारी पाएका छन् । पुख्र्यौली पेशालाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य रहेको सिर्पाली बताउनुहुन्छ । “नयाँपुस्ताले आरन पेशा अँगाल्न छ...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बेत्रावती, २८ फागुन । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्र...
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सल्यान, २८ फागुन । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्र्याक्टर...
श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

रुपन्देही, २७ फागुन । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रो...
दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ, २७ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेप...
तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

सिरहा, २७ फागुन । तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहुँदा यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य भएका हुन् । मूल्य निर्धारण निकाय नहुँदा तरकारीको बजारअनुसार एकरुपता छैन । एकदेखि अर्को बजारमा मूल्य फरक पर्दा उपभोक्ताहरु तरकारी चर्को मूल्यमा खरीद गर्न बाध्य छन...
पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

काठमाडौँ, २७ फागुन । पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलब...
सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन : प्रधानमन्त्री

सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्नुभयो । सरकार र मधेशमा विभिन्न मा...
एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

भरतपुर, २७ फागुन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्न दौडाउनुपर्छ । तत्कालीन भरतपुर नगरपालिकाले विसं २०५४ मा किनेको भारतीय कम्पनीको द...
भारतको बिहारमा बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

भारतको बिहारमा बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

छप्रा, बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए,...
आमा ! म छाउघर जानै पन्र्या हो ?

आमा ! म छाउघर जानै पन्र्या हो ?

वीरेन्द्रनगर, २७ फागुन । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन...
error: Content is protected !!