एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित ‘छपाक’ नामक सिनेमामा दीपिका पादुकोण मूख्य भूमिकामा देखिदैंछिन्। सोही सिनेमाको फस्ट लुक सार्वजनिक भएको छ।

दीपिकाले ट्वीटरबाट आफ्नो लुक सार्वजनिक गरेकी हुन्।

मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ। सिनेमामा उनलाई मालती नामक पात्रमा देखिनेछिन्।

सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित सिनेमा हो। उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।

सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्।

हाल सिनेमाको सुटिङ दिल्लीमा भइरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!