काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’ मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसीले धमकेदार प्रस्तुती दिएका छन्। आइतबार राती प्रसारण भएको शोमा पनि प्रितम र आयुष केसीले राम्रो प्रस्तुति दिँदै टप १४ भित्र पर्न सफल भएका छन् ।

Advertisement

शोमा प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । उक्त गीतका कारण उनले जुरीबाट शत प्रतिशत नम्बर प्राप्त गरे । जुरीहरुले उनको गायिकाको तारिफ गर्दै यो नम्बर दिएका थिए । त्यस्तै शोमा आयुस केसीले पनि दमदार गीत गाए । केसीको गायकीको पनि जुरीबाट तारिफ आएको थियो ।

‘सारेगमप लिटिल च्याम्स’ मा राम्रो प्रस्तुति दिइरहेका यी दुई नेपाली बालकको चर्चा अहिले नेपाल र भारतमा मात्र नभई विश्वभर नै हुन थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!