पर्सा, ११ चैत । वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा हिजो आगजानी भएको छ । घाँस काट्न गएका व्यक्तिले फालेको चुरोटको ठूटोबाट आइसिपीको पूर्वतर्फको चौरमा आगलागी भएको हो ।

Advertisement

आगलागीबाट चौरमा रहेका सयौँ रुख जलेर नष्ट भएका छन् । आगलागीबाट आइसिपीमा खासै नोक्सानी नभएको एकीकृत जाँच चौकी रक्सौलका प्रमुख सन्तोष कुमारले जानकारी दिनुभयो । उहाँले चौरमा लागेको आगो रक्सौलबाट आएको बारुणयन्त्रको मद्दतले निभाइएको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!