जाकार्ता, १० चैत । इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ ।

Advertisement

भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् ।

स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् ।

“अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,” एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए ।

प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!