काठमाडौँ, १० चैत । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ ।

Advertisement

ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८ कित्ता शेयर रु २३ करोड २४ लाख एक हजार १३१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर एक प्रतिशतले बढेको छ । बैंकिङ ४.६५, होटल १९.०९, विकास बैंक १२.०२, वित्त ०.३८, निर्जीवन बीमा ५४.६९, उत्पादन १३.६६, अन्य १.४१, लघुवित्त ८.८१, जीवन बीमा ४३.१४ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आशा लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु एक करोड ५५ लाख ७५ हजार ९१०, सिद्धार्थ बैंकको संस्थापक शेयर रु एक करोड पाँच लाख १० हजार ९९५, नागरिक लगानी कोष रु एक करोड तीन लाख ४२ हजार ८११, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ९८ लाख ७२ हजार ३०९, नेपाल लाइफ इन्स्योरेन्स रु ८४ लाख पाँच हजार ५७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३९, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.२१, छ््याङदी हाइड्रो पावर २.९७, रिलायन्स फाइनान्स लिमिटेडका शेयरधनीले २.५९ कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । शिवम् सिमेन्ट लिमिटेड ९.९१, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ४.७५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६५ प्रतिशतले गुमाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!