हुम्ला, ११ चैत । जबर्जस्ती यौनदुव्र्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका– १ का २७ वर्षीय सुवास रावत पक्राउ परेका हुन् । गएको असार ३ गते एक जना युवतीले काठमाडौँमा आफूलाई जबर्जस्ती यौनदुव्र्यवहार गरेको भनेर महानगरीय प्रहरी कार्यालयमा चैत ४ गते दिएको उजुरीका आधारमा प्रहरीले रावतलाई पक्राउ गरेर छानविनका लागि हुम्लामा आज ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो ।
पीडित युवतीले काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा दिएको उजुरीका आधारमा त्यहाँस्थित प्रहरीले पक्राउ गरेर छानविनका लागि जिल्लामै पठाएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले बताउनुभयो । यौनदुव्र्यवहार गर्ने युवक र पीडित युवती दुवैको घर हुम्ला सर्केगाड गाउँपालिकामा रहेको छ । दुबै जना अध्ययनका सिलसिलामा काठमाडौँमा बस्दै आएको बताइएको छ ।