पोखरा, ११ चैत । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तो बजारमा एउटै काउन्टर शुरु गरेका हुन् ।

Advertisement

यसअघि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गा सात वर्षका लागि भाडामा लिएर छुट्टाछुट्टै दुई काउन्टर सञ्चालन हुँदै आएकामा सो स्थानमा बैंकले भवन निर्माण गर्न लागेकाले काउन्टर सार्नाका साथै थप दुई काउन्टरको संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याइएको हो । सो काउन्टर शुभारम्भका क्रममा जिल्ला प्रहरी प्रमुख ओम रानाले सुरक्षित यात्राका लागि लगानीकर्ता, चालक तथा सहचालक र यात्रु सबैको संयुक्त प्रयास आवश्यक हुने धारणा व्यक्त गर्नुभयोे ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले सुरक्षित, स्तरीय र सहज यात्राका लागि आफूहरू प्रतिबद्ध भएको बताउँदै यातायात व्यवसायीमाथि राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्नुभयो । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले राज्यको खुला बजारको अवधारणाअनुरुप आफूहरू कम्पनीमा रुपान्तरण हुने प्रक्रियामा रहेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!